मधेसले संविधान जलाउँछ: ठाकुर

काठमाण्डु टुडे २०७१ वैशाख २६ गते ७:०४ मा प्रकाशित

जनकपुर, २६ वैशाख– तराई –मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) अध्यक्ष महन्थ ठाकुरले मधेसलाई उपेक्षा गरेर संविधान जारी गर्ने तायरी भइरहेको भन्दै त्यस्तो Former Madheshi minister Thakur talks in Kathmanduसंविधान स्वीकार्य नहुने चेतावनी दिएका छन् ।
तमलोपाद्वारा जनकपुरमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले अहिले पनि मधेस र मधेसीमाथि राज्यले विभेद गरिरहको बताए । पहिचानसहितको संघीयताविरोधीको बाहुल्यता रहेको वर्तमान संविधानसभाले सबैको हकअधिकार समेट्ने संविधान जारी हुन नसक्ने दाबी उनको थियो ।

संविधानसभामा सरकारले २६ जनाबाट मनोनित गर्ने तयारी भइरहेका बेला ठाकुरले सबैको पहिचान सुरक्षित हुने गरी संविधान नबने मधेसीले जलाउने चेतावनी दिए ।
कार्यक्रममा तमलोपाका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले स्थानीय निकायलाई समावेशी बनाउनेलगायत महत्वपूर्ण विषयमा छलफल नै नगरी चुनावमा जानुको कुनै अर्थ नहुने बताए ।

कार्यक्रममा पूर्वऊर्जामन्त्री उमाकान्त झासहित दर्जर्नौं व्यक्ति तमलोपा प्रवेश गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us