पाँच दिनदेखि बेपत्ता युवकको हत्या

काठमाण्डु टुडे २०७१ वैशाख २६ गते ९:०६ मा प्रकाशित

सप्तरी, २६ वैशाख– पाँच दिनदेखि हराइरहेका सप्तरी इनरुवाका एक युवक मृत फेला परेका छन् ।

इनरुवा– ९ का ३६ वर्षीय सचिन्द्र भनिने कुमरदेव यादवको शव हत्या गरी फालिएको अवस्थामा बिहीबार राति गाउँ नजिकैको खोलामा फेला परेको हो ।
धारिलो हतियारले घाँटी रेटिएको र पाखुरामुनि गहिरो चोट रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यादव गत वैशाख २१ गते रातिदेखि हराइरहेका थिए ।
यसैबीच हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका नायब परीक्षक राजकुमार बैदवारले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us