काठमाण्डु, २४ वैशाख – समाजमा हुने गरेका अपराधिक क्रियाकलाप रोक्न को प्रहरीले काठमाण्डु उपत्यकामा विषेश अभियान संचलान गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाण्डुले आफु मातहतका वृत्त, प्रभाग, तथा बिटहरुलाई राजधानीका गल्ली, र टोलहरुमा परिचालन गर्नका लागी २ सय साईकल बितरण गरेको छ ।
उपत्यका भित्रका गल्ली र टोल– टोलमा सवारीसाधन छिर्न नसक्ने भएका कारण आजबाट साईकल गस्ती सुरु गरेको प्रहरीले जनाएको छ । यस्तै प्रहरीले नागरिकको गुनासो सुन्नका लागि सबै प्रहरी कार्यालयमा गुनासो सुन्ने ब्यक्ति तैनाथ राख्ने भएको छ ।
यस्तै प्रहरीले नागरिकलाई सचेत गराउन राजधानीका प्रत्यक घरमा प्रहरी कार्यालयको टेलिफोन नम्बर सहित स्टिकर टास्ने छ । प्रहरीले बुधबार देखि लागु हुने गरि राजधानीका गल्ली र टोलमा चेतना मुलक कक्षा पनि संचालन गर्ने छ ।
प्रहरीलाई नागरिक मैत्री बनाउनका लागी प्रहरीले यस्ता योजना अघि सारेको प्रहरीले जनाएको छ ।