भद्रपुर, २४ वैशाख– प्रहरीको रासन ठेक्का पाउन बौकको कीर्ते कागजात पेस गरेको अभियोगमा विर्तामोड उद्योग वाणिज्य सङ्घका दुई पदाधिकारीलाई प्रहरीले आज पक्राउ गरेको छ ।
सङ्घका अध्यक्ष बलराम कार्की र वाणिज्य उपाध्यक्ष प्रकाश सिवाकोटीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
अञ्चल प्रहरी कार्यालय भद्रपुरले झापाका प्रहरीको रासनका लागि २०६८ माघ १ गतेदेखि पुस मसान्तसम्म एक वर्षका लागि रासन ठेक्काको बोलपत्रको आह्वान गरेको थियो ।
सो बोलपत्रमा सिवाकोटी टेड्रर्स अनारमनिको नामबाट सिवाकोटीले पनि आवेदन दर्ता गराएका थिए । सो आवेदनमा पेस गर्नुपर्ने रु १५ लाखको बैंक ग्यारेन्टीको कागजात कीर्ते बनाएर पेस गरेको बताइएको छ ।
अनारमनिस्थित राष्ट्रिय वाणिज्य बैंकको नाममा रकम दाखिला गरेको भनेर कीर्ते कागजात पेस गरिएको बताइएको छ । यस कार्यमा सङ्घका अध्यक्ष कार्कीको पनि संलग्नता रहेको भन्दै उहाालाई पनि पक्राउ गरिएको हो ।
चेकजााचको क्रममा उहााहरुले पेस गर्नुभएका कागजात कीर्ते देखिएपछि बैंकको कीर्ते कागजात बनाएको अभियोगमा दुवै जनामाथि मुद्दा दर्ता गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।