काठमाण्डु, २५ वैशाख – सरकारले व्यवस्थापिका संसदको बर्षे अधिबेशन जेठ ५ गतेबाट बोलाउने तयारी गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले संसदको बर्षे अधिबेशन जेठ ५ गतेबाट बोलाउने निर्णय गर्ने छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्ने संवैधानिक प्रावधान छ । सरकारले प्रि–बजेटबारे संसदमा छलफल गर्ने भन्दै अधिवेसन बोलाउन लागेको सामान्य प्रशासन मन्त्रि लालबावु पण्डितले बताए ।
सरकारले बिजिनेश दिन नसकेपछि व्यवस्थापिका संसदको बैठक बैशाख १६ गते राती १० बजेबाट अन्त्य हुने गरि स्थगित भएको थियो ।