
काठमाण्डु, २५ वैशाख– नेपाल पत्रकार महासंघको नवनिर्वाचित कार्यसमितिले आगामी वैशाख २८ गते आइतबार पदभार ग्रहण गर्ने भएको छ ।
महासंघको वैशाख २१ देखि २३ गतेसम्म काठमाण्डुमा सम्पन्न २४ औं महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको उपस्थितिमा पद हस्तान्तरण गर्न लागिएको निवर्तमान अध्यक्ष शिव गाउँलेले जानकारी दिए ।
उनले महाधिवेशनको बन्द सत्रले एक वर्षमा लोकतान्त्रिक संविधान जारी गराउन दबाब दिने लगायत समसामयिक प्रस्ताव पारित गरेकाले तिनको कार्यान्वयनमा सहयोग पुर्याउन अध्यक्ष नेम्वाङलाई आमन्त्रण गरिएको बताए । महाधिवेशनले डा. महेन्द्र विष्टको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो ।