माधव नेपाल भन्छन्–‘अध्यक्षमा उम्मेदवारी दिएकै छैन’

काठमाण्डु टुडे २०७१ वैशाख २५ गते ९:१० मा प्रकाशित

रौतहट, २५ वैशाख– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले  आसन्न नवौं महाधिवेशनका लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी घोषणा नगरेको दाबी गरेका छन् ।
madhav 3गृहनगर गौरमा पत्रकारसँग बिहीबार कुरा गर्दै नेता नेपालले सहमतिमा नेतृत्व चयन हुने बताउँदै आफूले उम्मेदवारी रौतहटको गौरमा बिहीबार भएको पत्रकार सम्मेलनमा नेपालले आफूले अहिलेसम्म अध्यक्ष पदमा उम्मेदवारी घोषणा नगरेको बताएका हुन् ।

यसअघि उनले पार्टी अध्यक्षमा दाबी गर्दै आएका थिए । नेता नेपालले उम्मेदवारी घोषणा नगरेको भए पनि एमालेलाई क्रान्तिकारी बाटोमा हिंडाउन बलियो कमाण्डर चाहिएको बताए । ‘साथीहरुले अघि बढ्न सुझाव दिइरहेका छन्, केही युवाले पत्रकार सम्मेलन गरेरै माधव नेपाल अध्यक्ष बन्नुपर्छ भनेछन्, ‘नेपालले भने, ‘तर मैले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको छैन ।’

उनले पार्टीको वर्तमान नेतृत्वको कार्यशैली सुस्त रहेको आरोप लगाए । उनले आफू पार्टी नेतृत्वमा युवा पुस्तालाई पनि अघि बढाउनुपर्ने पक्षमा रहेको उल्लेख गरे । अर्को एक फरक प्रसंगमा उनले संविधान निर्माणका बेला एकीकृत माओवादीमा किचलो देखिनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us