बाबुरामलाई तिब्बतमा स्वागत

काठमाण्डु टुडे २०७१ वैशाख २५ गते ७:५५ मा प्रकाशित

काठमाण्डु, २५ वैशाख – पार्टीको विराटनगर राष्ट्रिय सम्मेलन बीचैमा छाडेर सपरिवार चीन गएका एकीकृत माओवादी नेता बाबुरा भट्टराई तीब्बत पुगेका छन् ।

baburamउनलाई आज साँझ तिब्बत स्वसाशित क्षेत्रका उच्च अधिकारीले स्वागत गर्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव विश्वदीप पाण्डलेले काठमाण्डु टुडेलाई बताए ।

पाण्डलेले आज बिहान भट्टराई चेङ्दुबाट तिब्बतको ल्हासा पुगेको जानकारी दिए । पाण्डेका अनुसार ल्हासामा भट्टराईलाई तिब्बत स्वशासित क्षेत्रका उच्चपदस्थ अधिकारीले भव्य स्वागत गरेका छन् । भट्टराईले आजै साँझ चिनियाँ उच्च अधिकारीसँग भेट्ने कार्यक्रम हरेको बताइएको छ ।

भट्टराई बुधबार धर्मपत्नी एवम् एमाओवादी नेतृ हिसिला यमी र पिता भोजप्रसादका साथ ल्हासा प्रस्थान गरेका थिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us