जापानी उपमन्त्रीले प्रधानमन्त्री भेट्दै

काठमाण्डु टुडे २०७१ वैशाख २५ गते ४:१४ मा प्रकाशित

काठमाण्डु, २५ वैशाख – नेपाल भ्रमणमा रहनुभएका जापानका परराष्ट्र मामिलासम्बन्धी उपमन्त्री सेइजी किहाराले आज उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन् ।६ सदस्यीय किहाराको टोली हिजो नेपाल आइपुगेको थियो ।

उपमन्त्री किहाराले राष्ट्रपति डाक्टर रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालासँग आज बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनको सम्मानमा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडैलले हिजो रात्रिभोजको आयोजना गरेका थिए ।

दुई दिने भ्रमणका क्रममा उनले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जापानी दूतावासले जनाएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us