तेल चोरी आरोपमा आयल निगमका अधिकारी पक्राउ

काठमाण्डु टुडे २०७१ वैशाख २५ गते ६:४१ मा प्रकाशित

भैरहवा– २५ वैशाख–  प्रहरीले पेट्रोलियम पदार्थको चोरीमा संलग्न रहेको आरोपमा नेपाल आयल निगम पश्चिमाञ्चल क्षेत्रीय कार्यालय रुपन्देहीका प्रवन्धक नागेन्द्र कुर्मीलाई पक्राउ गरेको छ ।
चोरीमा संलग्न रहेको आरोपमा पाँच दिनअघि पक्राउ परेका क्षेत्रीय कार्यालयका अधिकृत दिपेन्द्र बस्नेत र रवीनकुमार राउतलगायतको बयानका आधारमा उनलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख एसपी विक्रमसिंह थापाले बताए ।
निगमले भारतबाट आयात गरेको पेट्रोलियम पदार्थको ट्याङकरको सिल तोडिएका विषयमा मौन बसेकाले चोरीमा उनको पनि संलग्नता रहेको हुनसक्ने आशंका प्रहरीको छ । थापाले पक्राउ परेका चालक र सहचालकहरुको बयानका आधारमा पक्राउ पुर्जी जारी गरिएका १६ जना ट्याङकर धनीलाई पनि छिट्टै पक्रने दाबी गरे ।

यसैबीचतेल चोरीमा संलग्नलाई उन्मुक्ति दिनुपर्ने मागसहित आन्दोलनमा उत्रिएको पश्मिाञ्चल ट्याङकर व्यवसायी सघंले आज पनि पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेको छ । भारतको बैतालपुरबाट हुने पेट्रोलियम ढुवानी ठप्प भएपछि निगमले अमलेखगञ्जबाट तेल ढुवानी गर्न थालेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us