समाचार

डोल्पा जिल्ला अस्पताल दुर्गन्धित

२०७१ असार १५ गते १२:३०

डोल्पा, १५ असार– जिल्ला अस्पताल दुनैमा ल्याइएको बेवारीसे लास अहिलेसम्म पोष्टमार्टम हुन नसक्दा जिल्ला अस्पताल परिसर दुर्गन्धित भएको छ । ल्हाँ गाविसको करोबगाडमा बेवारीसे रुपमा फेला परेको उक्त लास इलाका प्रहरी कार्यालय खदाङले एक हप्ताअघि सदरमुकाम दुनै ल्याइएको थियो । उक्त लासको अहिले सम्म...

‘उज्यालो नेपाल समृद्ध नेपाल’ महत्वाकांक्षी योजना

२०७१ असार १५ गते १२:१३

काठमाण्डु, १५ असार –  ‘उज्यालो नेपाल समृद्ध नेपाल’ भन्ने नाराका साथ सरकारले मुलुकको ऊर्जा सङ्कटलाई समाधान गर्ने महत्वाकाक्षी रणनीति अगाडि सारेको छ । व्यवस्थापिका–संसदमा आज राष्ट्रपति डा रामवरण यादवले सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ऊर्जा विकासलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउने लक्ष्य...

एनआरएनको सिप र पूँजीलाई देश विकासमा उपयोग गरिने

२०७१ असार १५ गते ११:११

काठमाण्डु, १५ असार – राष्ट्रपति रामवरण यादवले आइतबारको व्यवस्थापिका संसद बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । सरकारले घोषणा गरेको नीति तथा कार्यक्रममा गैर आवासीय नेपालीको सिप र पूँजीलाई देश विकासमा उपयोग गरिने घोषणा गरेको छ । साथै सरकारले मेसिन रिडेबल पासपोर्ट...

एमाओवादी काठमाण्डु अध्यक्षमा शर्मा

२०७१ असार १५ गते ९:२८

काठमाण्डु, १५ असार– एकीकृत माओवादी काठमाण्डुको अध्यक्षमा अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मा चयन भएका छन् । काठमाण्डुको बानेश्वरमा आइतबार बसेको जिल्ला कमिटी बैठकले शर्मालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । यसअघि अध्यक्षका दाबेदार रहेका सर्वोत्तम डंगोल र महेन्द्र श्रेष्ठले समेत शर्माको नाममा सहमति जनाएका...

ओली प्यानल बुढाहरुको भिड हो : पाण्डे

२०७१ असार १५ गते ९:२४

काठमाण्डु, १५ असार – नेकपा एमाले नेता सुरेन्द्र पाण्डेले जतिसुकै तानातान भए पनि कम्तिमा ६० प्रतिशत मतबाट माधव नेपाल अध्यक्षमा निर्वाचित हुने दावी गरेका छन ।पाण्डे नेपाल पक्षबाट महासचिवका प्रत्यासी हुन् । रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा उनले पूर्वाञ्चल, सुदुरपश्चिमान्चल, मध्यपश्चिमाञ्चल र...

धार्मिक स्थल प्रहरीको कब्जामा

२०७१ असार १५ गते ९:०९

जनकपुरधाम, १५ असार – भेटीको विवाद चुलिएपछि विगत दुई वर्षदेखि धार्मिक स्थल कारिक स्थानमा प्रहरीले कब्जा जमाएको छ । सञ्चालक समिति र मन्दिरका पुजारीबीच भेटी चढाएको आम्दानीलाई लिएर विवाद बढेपछि प्रहरीले सो धार्मिक स्थलमा कब्जा गरी मन्दिरको आम्दानी आफैँ राख्न थालेको छ । परापूर्वकालदेखि...

जबर्जस्ती सिन्दूर लगाई युवक फरार

२०७१ असार १५ गते ९:०३

सप्तरी, १५ असार – सप्तरीको पोर्ताहा–८ की १५ वर्षीया एक बालिकालाई भारदह–८ का २१ वर्षीय नारायण यादवले जबर्जस्ती सिन्दूर हालेर अमानवीय व्यवहार गरेका छन् । इलाका प्रहरी कार्यालय कञ्चनपुरले आरोपितविरुद्ध आइतबार सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ । वैरवास्थित लक्ष्मीनारायण उच्च माविबाट पढेर...

बाढीका कारण पथलैया–पिलुवा सडकखण्ड अवरुद्ध

२०७१ असार १५ गते ८:५६

वीरगन्ज , १५ असार – बाराको दुधौरा खोलामा आएको बाढीका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि परेको वर्षाका कारण पथलैया–पिलुवा सडकखण्डअन्तर्गत दुधौरा खोलामा आएको बाढीले बिहान देखि राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ । बाढीका कारण यातयात सेवा...

कम्मरमा तीनवटा रडले छेडिएकी महिला बाँच्न सफल

२०७१ असार १५ गते ८:२७

काठमाण्डु – भारतको पटनामा एक अनौठो घटना घटेको छ । फलामको तीनवटा रडले शरीरको कम्मरको वारपार छेडेको महिला चमत्कारीक रुपमा बाँच्न सफल भएकी छिन् । पटनामा निर्माण हुँदै गरेको एक भवनको पिल्लरमा उक्लदाँ उनी लडेर रडले छेडेको थियो । सो घटनापछि उपचारको क्रममा सबैको...

विद्यालयको बसले ठक्करदिँदा मृत्यु

२०७१ असार १५ गते ७:११

ललितपुर, १५ असार – कञ्चन अङ्ग्रेजी माध्यमिक विद्यालयको बसले आइतबार एक मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । लेले टीकाभैरवमा विपरीत दिशाबाट आइरहेको बा५९प १९०३ नम्बरको मोटरसाइकललाई बा१क ५६११ नम्बरको बसले ठक्कर दिएपछि घाइते भएका मोटरसाइकल चालक लेले–६ बस्ने ३४ वर्षीय हरेराम...

सरकारको नीति तथा कार्यक्रम पारित

२०७१ असार १५ गते ६:२०

काठमाण्डु, १५ असार – सरकारको वार्षिक नीति तथा कार्यक्रम आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको छ । कार्यबाहक प्रधानमन्त्री वामदेव गौतमको अध्यक्षतामा पहिलोपटक बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरेको सूचना तथा सञ्चार मन्त्री एवम् सरकारका प्रवक्ता डा. मीनेन्द्र रिजालले जानकारी...

विषालु च्याउ खाँदा पाँच सिकिस्त

२०७१ असार १५ गते ३:०२

चितवन, १५ असार – चितवनको विकट काउलेमा विषालु च्याउ खाँदा पाँचजना सिकिस्त बिरामी परेका छन् । काउले गाविस–३ हात्तीबाङका एकै परिवारका चारजना चेपाङ र छिमेकी एकजना मगर च्याउ खाएर बिरामी भएका हुन् । उनीहरुले शनिबार बिहान जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएका थिए । च्याउ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us