डोल्पा जिल्ला अस्पताल दुर्गन्धित

काठमाण्डु टुडे २०७१ असार १५ गते १२:३० मा प्रकाशित

डोल्पा, १५ असार– जिल्ला अस्पताल दुनैमा ल्याइएको बेवारीसे लास अहिलेसम्म पोष्टमार्टम हुन नसक्दा जिल्ला अस्पताल परिसर दुर्गन्धित भएको छ ।

ल्हाँ गाविसको करोबगाडमा बेवारीसे रुपमा फेला परेको उक्त लास इलाका प्रहरी कार्यालय खदाङले एक हप्ताअघि सदरमुकाम दुनै ल्याइएको थियो । उक्त लासको अहिले सम्म पनि सनाखत हुन नसक्दा अस्पतालमा उपचारार्थ बिरामीहरुको स्वास्थ्यमा प्रत्यक्ष असर परेको छ ।

जिल्ला अस्पताल र जिल्ला प्रहरी कार्यालयको लापरबाहीका कारण अहिले सम्म पनि उक्त लास पोष्टमार्टम हुन नसकेको सरोकारवालाले बताएका छन् ।

सो लासको बारेमा बुझन गएका संचारकर्मीहरुसंग अस्पतालका डक्टर बिष्णु अधिकारीले दुर्घन्धीत लासको बिषयमा रुस,बेलायत,अमेरीकामा पनि यसरी नै लास दुर्घन्धीत हुने र डोल्पामा पनि यस्तै भएपनि यसले मानवस्वास्थमा खासै असर नगर्ने बताएका छन् ।

तर जिल्ला अस्पताल डोल्पाको क्षेत्र भित्र प्रवेश गर्ने बित्तिकै त्यस क्षेत्रको बाताबरण दुर्गन्धित भएकाले सर्वसाधारण सबै नाक थुनेर फर्कने बाध्य छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us