बाढीका कारण पथलैया–पिलुवा सडकखण्ड अवरुद्ध

काठमाण्डु टुडे २०७१ असार १५ गते ८:५६ मा प्रकाशित

वीरगन्ज , १५ असार – बाराको दुधौरा खोलामा आएको बाढीका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

गएरातिदेखि परेको वर्षाका कारण पथलैया–पिलुवा सडकखण्डअन्तर्गत दुधौरा खोलामा आएको बाढीले बिहान देखि राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ ।

बाढीका कारण यातयात सेवा ठप्प भएपछि हजारौँ सवारीसाधन तथा यात्रुहरु अलपत्र परेका छन् । अवरुद्ध राजमार्ग डोजर लगाएर खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

एक वर्ष पहिले खोलामाथिको पुल भासिएपछि डाइभर्सन बनाएर यातायात खुलाइएको थियो । पुल कमजोर भएको भन्दै स्थानीयवासीले उक्त पुल तत्काल मर्मत गर्न माग गर्दैआएका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us