
काठमाण्डु – भारतको पटनामा एक अनौठो घटना घटेको छ । फलामको तीनवटा रडले शरीरको कम्मरको वारपार छेडेको महिला चमत्कारीक रुपमा बाँच्न सफल भएकी छिन् ।
पटनामा निर्माण हुँदै गरेको एक भवनको पिल्लरमा उक्लदाँ उनी लडेर रडले छेडेको थियो । सो घटनापछि उपचारको क्रममा सबैको होश उडेको प्रतक्ष्यदर्शीहरुले बताए ।
प्रतक्ष्यदर्शीका अनुसार सावधानीपूर्वक उनको शरीरमा छेडिएको रडलाई पिल्लरबाट काटेर उनलाई निकालिएको थियो । १२ घण्टासम्म उनको शरीरबाट रड निकाल्न सकिएको थिएन ।
उनलाई पछि पटनाको रुबन पाटिलपुत्र अस्पतालमा उपचार गर्न लगिएको थियो । लगातार ५ घण्टाको अपरेशन गरेर चिकित्सकहरुले रड शरीरबाट निकालेका थिए ।
अपरेशन पछि उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पताल स्रोतले जनाएको छ ।