समाचार

खनालले ओलीलाई समर्थन गर्छन् : पोखरेल

२०७१ असार १६ गते ७:२८

काठमाण्डु, १६ असार – नेकपा एमाले महासचिव ईश्वर पोखरेलले अध्यक्ष झलनाथ खनालको समर्थन आगामी नवौ महाधिवेशनमा अध्यक्षका प्रत्यासी केपी शर्मा ओलीलाई हुने दावी गरेका छन । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा समय, परिस्थिति र राष्ट्रिय आवश्यकताको कारण केपी ओलीको विकल्प नभएको उल्लेख...

नयाँ जहाज चरामा ठोक्कियो

२०७१ असार १६ गते ६:२५

काठमाण्डु, १६ असार – चीनबाट ल्याइएको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको एमए– ६० जहाजमा चरा ठोक्किएको छ । काठमाण्डुबाट विराटनगरमा उडेको जहाज अवतरणको क्रममा सोमबार दायाँ इन्जिनमा चरा ठोक्किएको हो । असार ११ देखि औपचारिक उडान सुरु गरेको जहाज एक साता नपुग्दै ‘ग्राउण्डेड’...

बाबुको हत्या गर्ने छोरो जेल चलान

२०७१ असार १६ गते ६:०८

सोलुखुम्बु, १६ असार – सोलुखुम्बुको बेनी–२ मा आफ्नै बुबालाई निर्घात कुटपिट गरी हत्या गर्ने एक युवकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत सोलुखुम्बुको आदेशमा हिजो वर्ष १८ का गोविन्द विकलाई कारागार चलान गरिएको हो । गत जेठ २५ गते गोविन्दले दाउराको...

आज संसद दिवस, पूर्व सांसदहरुले मनाउँदै

२०७१ असार १६ गते ४:३७

काठमाण्डु, १६ असार –आज ५६ औ संसद दिवस । संसद दिवसको अवसरमा पूर्व सांसद मञ्चले ७० बर्ष उमेर पुगेका पूर्व सांसदलाई सम्मान गर्ने भएको छ । २०१५ सालमा भएको पहिलो निर्वाचनपछि २०१६ साल असार १६ गते जनविनर्वाचित संसदको पहिलो बैठक बसेको थियो । पहिलो...

एमाओवादीले नीति तथा कार्यक्रमको समीक्षा गर्दै

२०७१ असार १६ गते ४:०१

काठमाण्डु, १६ असार – एकीकृत माओवादी संसदीय दल र स्थायी समितिको बैठक छुट्टाछुट्टै बस्ने भएको छ । सरकारले संसद्मा पेश गरेको नीति तथा कार्यक्रम र त्यसमा गर्नुपर्ने संशोधनका विषयमा छलफल हुने भएको हो । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतवार नै सरकारको नीति तथा...

मुस्लिमहरुको रमजान आजबाट सुरु

२०७१ असार १६ गते ३:१२

काठमाण्डु, १६ असार – मुसलमानहरुको महान् धार्मिकग्रन्थ कुरान अवतरण भएको महिना रमजान पर्व आज सोमबारदेखि सुरु भएको छ । एक महिनासम्म चल्ने रमजानमा मुसलमान धर्मावलम्बीले उपवास बस्नुपर्छ, जसलाई ‘रोजा’ भनिन्छ । सूर्य उदाउनुभन्दा लगभग दुई घण्टाअगाडि केही खानेकुरा (सेहहरी) खार्ई सुरु हुने रोजा सूर्यास्त...

टिप्परको ठक्करबाट घरमा सुतेका २ जनाको मृत्यु

२०७१ असार १६ गते ३:०८

काठमाण्डु, १६ असार –काठमाण्डुको बाडभन्ज्याङ ८ पिपलामोड सडक खण्डमा ट्रिपरको ठक्करबाट घर भित्र सुतिरहेका २ जनाको मृत्यु भएको छ । गएराती थानकोटबाट नौैबिसेतिर जाँदै गरेको बा २ ख ३९ ९२ नम्बरको ट्रिपर घरमा ठोकिंदा घरधनी ७० बर्षका बलराम बोहोरा र उनकी श्रीमती मैयाको घटनास्थलमै...

संघीयतामा जाँदा १ हजार गाउँपालिका हुने

२०७१ असार १६ गते २:०५

काठमाण्डु, १६ असार –संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले संघीय संरचनामा जाँदा देशभर बढीमा १ हजारओटा स्थानीय सरकार निर्माण गर्न उपयुक्त हुने जनाएको छ । मन्त्रालयले हाल स्थानीय निकायको रुपमा रहेको नगरपालिका र गाबिसहरुलाई मिलाएर एक हजारओटा स्थानीय सरकार गठन हुँदा जनतामा प्रभावकारी सेवा...

प्रतिपक्ष भन्छ: ‘नीति तथा कार्यक्रम पूरानै, मुस्कान प्रहरीबाहेक नयाँ छैन’

२०७१ असार १५ गते १३:५७

काठमाण्डु, १५ असार– प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीले सरकारले ल्याएको नीति तथा कार्यक्रम परम्परागत रहेको टिप्पणी गरेको छ । सभासद रामनारायण बिडारीले नीति तथा कार्यक्रममा नयाँ विषय केही नरहेको र पूरानै कुरा दोहोर्‍याइएको बताए । काठमाण्डु टुडेसँग कुरा गर्दै उनले नयाँका नाममा सरकारले मुस्कान...

निर शाहलाई हृदयघात

२०७१ असार १५ गते १३:४९

काठमाण्डु, १५ असार– चलचित्र निर्देशक तथा  वरिष्ठ कलाकार नीर शाहलाई हृदयघात भएको छ । हृदयघात भएपछि उनलाई काठमाण्डुको बाँसबारीस्थित सहिद गंगालाल हृदय रोग केन्द्रमा भर्ना गरिएको छ । शाहको सघन कक्षमा उपचार भइरहेको अस्पतालले जनाएको छ । अस्पताल श्रोतका अनुसार उनको अवस्था स्थीर छ...

झलनाथले मलाई सघाउँछन्: नेपाल

२०७१ असार १५ गते १३:४०

काठमाण्डु, १५ असार– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको आसन्न नवौं महाधिवेशनमा अध्यक्ष झलनाथ खनालले आफ्नो प्यानललाई सघाउने खुलासा गरेका छन् । काठमाण्डुमा आइतबार भएको पत्रकार सम्मेलनमा नेता नेपालले विचार र प्रवृत्तिका हिसाबले खनाल आफूसँग रहेको बताएका हुन् । आफूहरुको विचारको नेतृत्व अध्यक्ष...

माधव नेपाल अध्यक्ष भए पार्टी असफलः ओली

२०७१ असार १५ गते १३:२९

काठमाण्डु, १५ असार – नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले १५ वर्षसम्म नेतृत्वमा रहेका नेता पार्टीको अध्यक्ष भएमा पार्टी असफल हुने बताएका छन् । एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको ६३ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित ‘जनताको बहुदलीय जनवाद र नेतृत्व...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us