प्रतिपक्ष भन्छ: ‘नीति तथा कार्यक्रम पूरानै, मुस्कान प्रहरीबाहेक नयाँ छैन’

काठमाण्डु टुडे २०७१ असार १५ गते १३:५७ मा प्रकाशित

काठमाण्डु, १५ असार– प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीले सरकारले ल्याएको नीति तथा कार्यक्रम परम्परागत रहेको टिप्पणी गरेको छ ।

maoist-flag
सभासद रामनारायण बिडारीले नीति तथा कार्यक्रममा नयाँ विषय केही नरहेको र पूरानै कुरा दोहोर्‍याइएको बताए । काठमाण्डु टुडेसँग कुरा गर्दै उनले नयाँका नाममा सरकारले मुस्कान प्रहरी बनाउने मात्र योजना समेटेको टिप्पणी गरे ।

‘नीति कार्यक्रम पूरानैको निरन्तरताबाहेक केही होइन’, बिडारीले भने, ‘गिरिजाप्रसाद पहिलोपटक प्रधानमन्त्री भएका बेला ल्याएको नीति कार्यक्रमको फोटोकपी आएको छ, नयाँ भनेको मुस्कान प्रहरी भन्ने छ ।’
यसैबीच एकीकृत माओवादीले नीति कार्यक्रमबारे औपचारिक धारणा तय गर्न सोमबार संसदीय दलको बैठक बोलाएको छ । सरकारका तर्फबाट राष्ट्रपति रामवरण यादवले आइतबार व्यवस्थापिका–संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us