काठमाण्डु, १६ असार –काठमाण्डुको बाडभन्ज्याङ ८ पिपलामोड सडक खण्डमा ट्रिपरको ठक्करबाट घर भित्र सुतिरहेका २ जनाको मृत्यु भएको छ ।
गएराती थानकोटबाट नौैबिसेतिर जाँदै गरेको बा २ ख ३९ ९२ नम्बरको ट्रिपर घरमा ठोकिंदा घरधनी ७० बर्षका बलराम बोहोरा र उनकी श्रीमती मैयाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
राती तिव्र गतिमा ओभरटेक गर्ने क्रममा ट्रिपर अनियन्त्रित भई बोहोराको घरमा ठोक्किएको प्रहरीको भनाई छ ।