समाचार

आज दही चिउरा खाने दिन

२०७१ असार १५ गते २:३८

काठमाण्डु, १५ असार –आज दहीचिउरा खाने दिन । आजको दिनलाई राष्ट्रिय धान दिवसको रुपमा पनि मनाईन्छ । नेपाली समाजमा प्रत्येक वर्षको असार १५ मा धान रोप्ने मध्यसमयको अवसर पारी दहीचिउरा खाने चलन प्रचलन छ । वर्षदिनका लागि धानको जोहो गर्नका निमित्त असार महिनामा रोपाई...

आजदेखि एमालेको सचिवालय भृकुटीमण्डपमा

२०७१ असार १५ गते १:४८

काठमाण्डु, १५ असार –आजदेखि एमाले सचिवालय नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनका लागि आजदेखि भृकुटीमण्डपमा सचिवालय स्थापना गर्ने भएको छ । अहिलेसम्म पार्टी कार्यालयबाटै सचिवालयले काम गर्दै आएपनि १९ देखि २५ गतेसम्म हुने महाधिवेशनको व्यवस्थापन तथा सहजताका लागि सचिवालय स्थानान्तरण गरेर आवश्यक कार्य गरिने एमालेले...

आज धान दिवस, पानी नपरेपछि किसान चिन्तित

२०७१ असार १५ गते १:४२

काठमाण्डु, १५ असार– आज असार  गर्ते अर्थात धान दिवस, आजबाट मुख्य बाली धान रोप्न सुरु हुँदैछ । दिवसका अवसरमा कृषि विभागले ललितपुरको लेलेमा रोपाइँ महोत्सव आयोजना गरेको छ । धान उत्पादनमा कमी आउन थालेपछि सरकारले हरेक वर्ष आजका दिन धान दिवस मनाउन थालेको हो...

खिलराजका भाई किर्तेकाण्डमा पक्राउ

२०७१ असार १५ गते १:४०

काठमाण्डु, १५ असार –पराराष्ट्र मन्त्रालयको कागजपत्र किर्ते गरेर विभिन्न व्यक्तिलाई विदेश पठाएको आरोपमा तत्कालीन चुनावी सरकारका अध्यक्ष खिलराज रेग्मीका भाइ प्रकाश रेग्मी पक्राउ परेका छन् । परराष्ट्रको कन्सुलर शाखाले जारी गर्ने भिसा–नोट किर्ते गरी कोरिया जाने प्रयास गरिरहेको अबस्थामा रेग्मीसहित दुई जनालाई पक्राउ परेका...

नेपालका नेलशन मण्डेला ओली छाडेर नेपालतिर

२०७१ असार १४ गते १३:३०

काठमाण्डु, १४ असार– नेपाली कम्युनिष्ट आन्दोलनमा ‘नेल्शन मण्डेला’ का नामले चिनिने मोहनचन्द्र अधिकारी एमाले वरिष्ठ नेता माधवकुमार नेपालका पक्षमा देखिएका छन् । काठमाण्डुको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा नेपाल समूहका महाधिवेशन प्रतिनिधिहरुको भेलामा अधिकारी सहभागी भएका हुन् । कार्यक्रममा नेता नेपालले अधिकारीलाई मन्तव्य दिन आग्रह गरेका...

कसैको आलोचना नगर्ने भन्दै ओलीले भने, ‘माधव नेपालमा रातो आँखे प्रवृत्ति छ’

२०७१ असार १४ गते १३:०७

काठमाण्डु, १४ असार– एमाले संसदीय दलका नेता एवम् नवौं महाधिवेशनमा अध्यक्षका प्रत्यासी केपी शर्मा ओलीले पार्टीलाई फरक विचारको सम्मान गर्ने नेतृत्व आवश्यक रहेको बताएका छन् । स्वास्थ्यमन्त्री खगराज अधिकारीद्वारा लिखित पुस्तकको काठमाण्डुको नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा शनिबार बिमोचन गर्दै ओलीले महाधिवेशनले सर्वस्वीकार्य नेतृत्व चयन...

खुकुरी प्रहार गरी शिक्षकको हत्या

२०७१ असार १४ गते १२:३२

डोटी, १४ असार– डोटीको बर्छैनमा खुकुरी प्रहारी गरी एक शिक्षकको हत्या भएको छ । घाङल–७ का दिपेन्द्र जेठाराले खुकुरी प्रहार गरी ३५ वर्षीय शिक्षक दीपक बमको हत्या गरेका हुन् । प्रहरीले व्यक्तिगत रिसिइबीका कारण जेठारले शिक्षक बममाथि खुकुरी प्रहार गरेको जनाएको छ । जेठारालाई...

छोरी बलात्कार गर्ने प्रहरी हवल्दारलाई १५ वर्ष कैद

२०७१ असार १४ गते १२:२७

दोलखा, १४ असार – दोलखा जिल्ला अदालतले छोरी बलात्कार गर्ने बाबुलाई १५ वर्ष कैद सजाय सुनाएको छ । छोरीलाई दुई वर्षसम्म बलात्कार गर्ने दोलखा स्थायी घर भएका ३७ वर्षीय प्रहरी हवल्दार पदमबहादुर तामाङलाई अदालतले कैदसहित पीडकलाई एक लाख २५ हजार क्षतिपूर्ति भराउन आदेश दिएको...

माधव नेपाल भन्छन्, ‘ओली समूहले ताण्डव नृत्य देखाइरहेकाे छ’

२०७१ असार १४ गते १२:०४

काठमाण्डु, १४ असार– एमाले वरिष्यठ नेता माधवकुमार नेपालले पार्टी नेतृत्व कब्जा गर्न केपी ओली पक्षले जिल्ला जिल्लामा ताण्डव नेतृत्व देखाएको आरोप लगाएका छन् । काठमाण्डुको बुद्धनगरमा शनिबार भएको आफू पक्षधर महाधिवेशन प्रतिनिधिको भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टीभित्रको ताण्डव नृतत्वले आफू स्तब्ध भएको उल्लेख...

तलको गलत रिपोर्टले चुनाव हारियो: प्रचण्ड

२०७१ असार १४ गते ११:४३

काठमाण्डु, १४ असार– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तल्ला कमिटीहरुको गलत रिपोर्टका कारण संविधानसभा निर्वाचनमा पार्टी पराजित भएको बताएका छन् । मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको सभाकक्षमा शनिबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले निर्वाचनअघि गलत रिपोर्ट दिइएको बताए । पार्टी पराजित हुने पूर्वआङ्कलन...

एमाओवादीसहित पाँच कम्युनिष्ट पार्टीबीच कार्यगत एकता घोषणा

२०७१ असार १४ गते ९:२२

काठमाण्डु, १४ असार– तत्कालका लागि कार्यगत एकता र पछि पार्टी एकता गर्ने निष्कर्षमा पुगेका एकीकृत माओवादीसहित माओवादी धारका पाँच दलले औपचारिक रुपमा कार्यगत एकताको घोषणा गरेका छन् ।   काठमाण्डुको बिजुलीबजारस्थित एक पार्टी प्यालेसमा शनिबार पत्रकार सम्मेलन गरी एकीकृत माओवादी, नेकपा– माओवादी, मातृका यादव...

पानी नपरेपछि गाउँगाउँमा भ्यागुताको बिहे

२०७१ असार १४ गते ७:०४

कञ्चनपुर, १४ असार– असार आधाआधिसम्म रोपाइँका लागि पानी नपरेपछि कञ्चनपुरका गाउँगाउँमा कृषकले भ्यागुताको बिहे गर्न थालेका छन् । भ्यागुताको बिहे गरेमा इन्द्रदेव प्रसन्न भई पानी पार्ने जनविश्वासका कारण यहाँका कृषकले भ्यागुताको बिहे गर्न थालेका हुन् । जोडी भ्यागुतालाई तलाउबाट खोजेर पातमा राखी सम्पूर्ण विधि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us