आजदेखि एमालेको सचिवालय भृकुटीमण्डपमा

काठमाण्डु टुडे २०७१ असार १५ गते १:४८ मा प्रकाशित

Uml-new-logoकाठमाण्डु, १५ असार –आजदेखि एमाले सचिवालय नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनका लागि आजदेखि भृकुटीमण्डपमा सचिवालय स्थापना गर्ने भएको छ ।
अहिलेसम्म पार्टी कार्यालयबाटै सचिवालयले काम गर्दै आएपनि १९ देखि २५ गतेसम्म हुने महाधिवेशनको व्यवस्थापन तथा सहजताका लागि सचिवालय स्थानान्तरण गरेर आवश्यक कार्य गरिने एमालेले जनाएको छ ।
पाटीएको जनसंगठन तथा काठमाण्डु उपत्यकाबाट करिब २०० स्वयंसेवक परिचालन गरी महाधिवेशनलाई व्यवस्थित बनाइनेछ ।
महाधिवेशनमा देशभरबाट करिब दुई हजार प्रतिनिधि तथा विदेशबाट ३ सय पाहुना सहभागी हुने एमालेले जनाएको छ ।
समूहगत छलफलका लागि अलग्गै मञ्च तथा मिडिया, पाहुना र सुरक्षाका लागि छुट्टै मञ्च स्थापना गरिने एमालेको तयारी छ ।
महाधिबेशनमा आधुनिक ढङ्गबाट विकास भएका माइकको प्रयोग गरिने र पार्टीको इतिहास, संस्कृति झल्कने खालका विभिन्न सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिने भएको छ ।
अहिलेसम्म केही जिल्ला तथा अपवाद छाडेर अधिकांश स्थानमा प्रतिनिधिको चयन भइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us