
काठमाण्डु, १५ असार –पराराष्ट्र मन्त्रालयको कागजपत्र किर्ते गरेर विभिन्न व्यक्तिलाई विदेश पठाएको आरोपमा तत्कालीन चुनावी सरकारका अध्यक्ष खिलराज रेग्मीका भाइ प्रकाश रेग्मी पक्राउ परेका छन् ।
परराष्ट्रको कन्सुलर शाखाले जारी गर्ने भिसा–नोट किर्ते गरी कोरिया जाने प्रयास गरिरहेको अबस्थामा रेग्मीसहित दुई जनालाई पक्राउ परेका हुन् ।
पक्राउ परेका प्रकाश खिलराज मन्त्रीपरिषद् अध्यक्ष हुँदा उनका प्रमुख स्वकीय सचिव थिए । रेग्मीसँगै पुतलीसडकस्थित स्टेट्स कन्सल्टेन्सीका सञ्चालक इश्वर बल्लभ खरेलसमेत पक्राउ परेका छन् ।
पराराष्ट्रको कन्सुलर शाखाको नक्कली भिसा–नोट बनाएर एक कार्यक्रममा भाग लिन भन्दै सातजना दक्षिण कोरिया जान लागेका थिए । सात जनाको सूचीमा रेग्मीसमेत थिए । नयाँ पत्रिकामा समाचार छ ।