समाचार

‘सकभर पिउँदै नपिऔं, पिएपछि ड्राइभिङ नगरौं’

२०७१ असार १३ गते १५:४६

काठमाण्डु, १३ असार– महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी नायम महानिरीक्षक केशव अधिकारीले मादक पदार्थ सेवन(मापसे) गरी सवारी साधन चलाएर एकपटक पाइने अमूल्य जीवन नगुमाउन आग्रह गरेका छन् । गायक अर्जुन कौशलको ‘मापसे’ नामक भिसिडीको राजधानीमा शुक्रबार विमोचन गर्दै अधिकारीले मापसे गरी सवारी चलाउँदा...

अदालतको अपहेलना विधेयक अनावश्यक: नेपाल

२०७१ असार १३ गते १५:३४

काठमाण्डु, १३ असार– सरकारले संसदमा पेश गरेको अपहेलनासम्बन्धी विधेयकको चौतर्फी विरोध भइरहेका बेला सत्तारुढ घटकै एक महत्वपूर्ण नेताले त्यसप्रति आपत्ति जनाएका छन् । सरकारको महत्वपूर्ण घटन एमाले वरिष्ठ नेता माधवकुमार नेपालले विधेयकलाई अनावश्यको संज्ञा दिए । आसन्न नवौं महाधिवेशनमा अध्यक्षका प्रत्यासीसमेत रहेका नेपालले अन्तर्राष्ट्रिय...

एमालेका चार पत्रकारले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०७१ असार १३ गते १४:५९

काठमाण्डु, १३ असार– एमालेको नवौं राष्ट्रिय महाधिवेशनमा चार जना पत्रकारले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । ‘बुधबार’ साप्ताहिकका सम्पादक/प्रकाशक विष्णु रिजालले वैकल्पिक केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । एमाले राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्यसमेत रहेका रिजाल माधवकुमार नेपाल प्रधानमन्त्री भएका बेला प्रधानमन्त्रीका सल्लाहकार...

अपहेलना विधेकयकका प्रावधानप्रति प्रचण्डको आपत्ति

२०७१ असार १३ गते १४:४३

विराटनगर, १३ असार– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारद्वारा संसदमा दर्ता गराइएको अदालतको अपहेलनासम्बन्धी विधेकयका प्रावधानप्रति आपत्ति जनाएका छन् । विधेयकले नागरिकको मौलिक हकमा अंकुश लगाउन खोजेको भन्दै उनले उक्त विषय आफूहरुका लागि स्वीकार्य नहुने बताए । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै...

बाथरुममा लडेर घाइते भएका सिडिओलाई हेलिकोप्टरमा काठमाण्डु ल्याइयो

२०७१ असार १३ गते १४:२७

ओखलढुंगा, १३ असार– ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई बाथरुममा नुहाउने क्रममा लडेर घाइते भएका छन् । शुक्रबार नुहाउने क्रममा चिप्लिएर लड्दा भट्टराई बायाँ हातको पाखुरा र कुममा गम्भीर चोट लागेको छ । सदरमुकामस्थित सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि शुक्रबारै हेलिकोप्टरमार्फत काठमाण्डु...

नेतृत्वको जुहारी नखेल्न खनालको आग्रह

२०७१ असार १३ गते १३:३७

काठमाण्डु, १३ असार – नेकपा एमाले अध्यक्ष झलनाथ खनालले नेतृत्वको जुहारी नखेल्न आग्रह गरेका छन् । एमाले आसन्न नवौं महाधिवेशनको सन्दर्भमा आफैमात्र नेता बन्ने हठ त्याग्न उनले सुझाव दिएका छन् । नेता बन्ने दाउमा गुटबन्दीमा लागेर पार्टीलाई सखाप नपार्न चेतावनी दिएका छन् । उनले...

आन्दोलनका कारण दश चौपाया मरे

२०७१ असार १३ गते १२:५३

कावासोती, १३ असार – पशु स्वास्थ्यकर्मीको आन्दोलनका कारण समयमा उपचार नपाएर नवलपरासीमा १० चौपाया मरेका छन् । पशु उपचार सेवा बन्द गरी पशुचिकित्सकहरु आन्दोलनमा उत्रिएपछि उपचार नपाएर बिरामी पशु मर्नाका साथै पशु चौपायामा देखिएको रोगको उपचार हुन नसक्दा सङ्क्रमणको सम्भावना बढेर गएको छ ।...

सिभिल इन्जिनियरिङको परीक्षाफल प्रकाशित

२०७१ असार १३ गते १२:२८

काठमाण्डु, १३ असार – त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान परीक्षा नियन्त्रण महाशाखाद्वारा सञ्चालित स्नातक तह सिभिल इन्जिनियरिङ (पूर्वाञ्चल क्याम्पस) तेस्रो वर्ष प्रथम खण्ड नयाँ पाठ्यक्रम नियमित तथा पुनः परीक्षाको परीक्षाफल प्रकाशन गरिएको छ । ती परीक्षा गत वर्ष चैतमा सञ्चालन भएको थियो ।...

२६ को मनोनयन र राजदुत नियूक्ती असार भित्रै टुङग्याउँछु:कार्यबाहक प्रधानमन्त्री

२०७१ असार १३ गते ११:२६

काठमाण्डु, १३ असार – कार्यबाहक प्रधानमन्त्री बामदेब गौतमले असार महिनाभित्रै मन्त्री परिषदबाट मनोनित हुने २६ संविधानसभा सदस्य र राजदुत नियूक्त टुङग्याउने स्पष्ट पारेका छन । रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले २६ जनाको मनोनयन प्रक्रिया अघि बढाउन राजनीतिक दलहरुलाई पत्र काटेर नाम...

मुद्दा मिलाइदिन्छु भन्दै घुस लिने बिचौलिया पक्राउ

२०७१ असार १३ गते १०:११

काठमाण्डु, १३ असार – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा मिलाइदिन्छु भन्दै सेवाग्राहीसँग घुस लिने दुई लाई पक्राउ गरेको छ । आयोगका अनुसार काठमाडौँ महानगरपालिका–१६ वनस्थली बस्ने सदिप शाह र गोरखा जिल्ला सौरपानी–७ घर भई सामाखुसी बस्ने दलबहादुर तामाङलाई पक्राउ गरिएको हो । उनीहरुले आयोगमा...

टोपबहादुरले लगाए प्रचण्डमाथि यस्तो आरोप

२०७१ असार १३ गते १०:०८

दाङ, १३ असार– एकीकृत माओवादी नेता टोपबहादुर रायमाझीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का कारण पार्टी कमजोर भएको आरोप लगाएका छन् । रिपोर्टर्स क्लब दाङले शुक्रबार तुलसीपुरमा गरेको कार्यक्रममा रायमाझीले पार्टी कमजोर हुनुमा प्रचण्डको पूरानै कार्यशैली र विचारका कारण पार्टी कमजोर भएको बताए । रचण्डकै...

धाँधली छानबिन समिति अध्यक्षमा कर्ण

२०७१ असार १३ गते १०:०६

काठमाण्डु, १३ असार – संविधानसभा सदस्य निर्वाचन २०७० मा भएको धाँधली छानबिन समितिको अध्यक्षमा लक्ष्मणलाल कर्णलाई चयन गरेको छ । संविधानसभा निर्वाचन अध्ययन, अनुसन्धान तथा सुझाव संसदीय विशेष समितिको शुक्रबारको बैठकले कर्णलाई सर्वसम्मतिले चयन गरेको हो । संविधानसभा सदस्य निर्वाचन २०७० का सम्बन्धमा देशव्यापी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us