
काठमाण्डु, १३ असार– सरकारले संसदमा पेश गरेको अपहेलनासम्बन्धी विधेयकको चौतर्फी विरोध भइरहेका बेला सत्तारुढ घटकै एक महत्वपूर्ण नेताले त्यसप्रति आपत्ति जनाएका छन् ।
सरकारको महत्वपूर्ण घटन एमाले वरिष्ठ नेता माधवकुमार नेपालले विधेयकलाई अनावश्यको संज्ञा दिए ।
आसन्न नवौं महाधिवेशनमा अध्यक्षका प्रत्यासीसमेत रहेका नेपालले अन्तर्राष्ट्रिय सञ्चार माध्यमका नेपालस्थित प्रतिनिधिसँग राजधानीमा शुक्रबार भएको भेटमा सरकारले विवादास्पद विधेयक संसमा दर्ता राएर राम्रो नगरेको बताए ।
संविधान निर्माणलाई प्राथमितामा राख्नुपर्नेमा विवादास्पद विधेयक ल्याएर सरकारले अनावश्यक बखेडालाई जन्म दिएको उनको भनाइ थियो । विधेयकमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकका मौलिक हक कुण्ठित गर्ने प्रावधान समेटिएको भन्दै उनले जस्ताको तस्तै पारित नहुने प्रष्ट्याए ।
एमालेका तर्फबाट सरकारको नेतृत्व गरेका उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले विधेयकको बचाउ गर्दै जसरी पनि जस्ताको तस्तै पारित गर्ने बताएलगत्तै नेपालको यस्तो भनाइ बाहिर आएको हो ।