काठमाण्डु, १३ असार – नेकपा एमाले अध्यक्ष झलनाथ खनालले नेतृत्वको जुहारी नखेल्न आग्रह गरेका छन् ।
एमाले आसन्न नवौं महाधिवेशनको सन्दर्भमा आफैमात्र नेता बन्ने हठ त्याग्न उनले सुझाव दिएका छन् ।
नेता बन्ने दाउमा गुटबन्दीमा लागेर पार्टीलाई सखाप नपार्न चेतावनी दिएका छन् । उनले अहिले पार्टीभित्र चलेको अस्वस्थ प्रतिस्पर्धाको बहसको बारेमा आफू अनभिज्ञ रहेको स्पष्ट पारे ।
महाधिवेशन एमालेको लागि जीवन र मरणको सवाल रहेकोले आ–आफ्ना गल्ती कमजोरी पत्ता लगाएर उदाहरण प्रस्तुत गर्न नेताहरुलाई आग्रह गरे ।