समाचार

माओवादीधारका पाँच दलद्वारा कार्यगत एकता समिति गठन

२०७१ असार १२ गते १४:४२

काठमाण्डु, १२ असार– एकीकृत माओवादीसहित माओवादी धारका पाँच दल कार्यगत एकता गर्ने औपचारिक निर्णयमा पुगेका छन् । काठमाण्डुको डिल्लीबजार धोबीधारास्थित नेकपा एकीकृतको कार्यालयमा बिहीबार बसेको एकीकृत माओवादी, नेकपा–माओवादी, क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेकपा एकीकृत, मातृका यादव नेतृत्वको नेकपा माओवादीले कार्यगत एकता गर्ने निर्णय गरेका हुन्...

अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने नियत छैन :मन्त्री आचार्य

२०७१ असार १२ गते १३:३६

काठमाण्डु, १२ असार – कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरी आचार्यले अभिव्यक्ति स्वतन्त्रता माथि अंकुश लगाउने सरकारको नियत नभएको बताएका छन् । नेपाल पत्रकार महासङघ काठमाडौँ जिल्ला शाखाले बिहिबार बुझाएको ज्ञापनपत्र बुझ्दै उनले सरकारले ब्यवस्थापिका संसदमा पेश गरेको ‘अदालतको अपहेलनासम्वन्धी ब्यवस्था गर्न...

आगलागीबाट करोडौं क्षती

२०७१ असार १२ गते १२:२४

काठमाण्डु, १२ असार – काठमाडौं महानगरपालिका–१ नागपोखरीस्थित विष्णुमाया श्रेष्ठको नाममा रहेका ३ वटा घरमा  बुधबार अचानक विद्युत सर्ट भई आगलागी हुँदा ३ घरमध्ये एउटा पूर्णरुपमा जलेको र २ वटा घरको दोस्रो र तेस्रो तला जलेर अन्दाजी १ करोड ५० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको...

विभिन्न सवारी दुर्घटनामा ४ को मृत्यु

२०७१ असार १२ गते १२:१८

ललितपुर, १२ असार – ठैबस्थित सडकमा नम्बर नखुलेको मोटरसाइकलले पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीय बीरबहादुर मगरलाई असार बुधबार ठक्कर दिंदा घाइते भएकोले उपचारको लागि पाटन अस्पतालबाट थप उपचारको लागि वीर अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ । ठक्कर दिने मोटसाइकलसहित चालक फरार...

दुई तिहाई प्रतिनिधिले ओलीलाई अध्यक्ष चुन्नेछन् : पौडेल

२०७१ असार १२ गते ११:४५

काठमाण्डु, १२ असार – नेकपा एमालेका सचिव विष्णु पौडेलले सर्वसम्मती भएपनि निर्वाचन भएपनि पार्टी अध्यक्ष केपी ओली नै हुने दावी गरेका छन । रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षत्कारमा उनले ओली पक्षधर दुई तिहाई महाधिवेशन प्रतिनिधि निर्वाचित भएको भन्दै कसैले चाहेर पनि ओलीलाई...

बेपत्ता इन्जिनियरहरुको शव फेला पर्‍यो

२०७१ असार १२ गते ११:१४

बैतडी, १२ असार – बुधबार सडकबाट चमेलिया नदीमा गाडी खसेर बेपत्ता भएका हेलो नेपाल मोबाइल कम्पनीका दुई इन्जिनियरको शव फेला परेको छ । बैतडीको सित्तडमा दुर्घटना भएर चमेलियामा खसेको गाडीमा सवार इन्जिनियर अतुल केसी र शैलेन्द्र खड्काको शव दुर्घटनास्थलभन्दा तीन किलोमिटर तल जाडाबगरमा फेला...

निर्देशन कार्यान्वयन गर्न सरकारलाई अख्तियारको आग्रह

२०७१ असार १२ गते ११:११

काठमाण्डु, १२ असार – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमुक्त समाज निर्माणका लागि दिएको निर्देशन अक्षरशः कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले आज मुख्य सचिव लीलामणि पौड्याल र मन्त्रिपरिषद् कार्यालयलाई पत्र लेखी भ्रष्टाचार नियन्त्रणका लागि गरेको प्रयासलाई सकारात्मक रुपमा लिई तत्काल कार्यान्वयन गर्न अनुरोध...

प्रधानमन्त्रीको फोक्सोमा क्यान्सर भएको पुष्टि

२०७१ असार १२ गते १०:४०

काठमाण्डु, १२ असार – प्रधानमन्त्री सुशील कोइरालाको फोक्सोमा क्यान्सर भएको पुष्टि भएको छ । राष्ट्रसंघीय मिसनको नेपाल प्रतिनिधिको कार्यालयले विज्ञप्तिमा उल्लेख गरेअनुसार बुधबार न्युयोर्कस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा प्रधानमन्त्री कोइरालाको स्वास्थ्य परीक्षण गरिएको थियो । प्रधानमन्त्रीसँगै गएका चिकित्सक करवीरनाथ योगीलाई उद्धृत गर्दै नेपाल...

दिउँसै गोली प्रहार , दुई गम्भिर घाइते

२०७१ असार १२ गते ९:५१

सिरहा, १२ असार – सिरहाको अर्नमा–९ मा मोटरसाइकलमा आएको हतियारधारीले गोली प्रहार गर्दा दुई जना गम्भीर घाइते भएका छन् । घाइतेहरु पनि मोटरसाइकलमा सवार थिए । गोली लागेर घाइते हुनेमा मझौलीया ४ का चुल्हाई यादव र सोही ठाउँका लक्ष्मेश्वर साह छन् । उनीहरुलाई उपचारका...

नागरीक स्वतन्त्रता हनन हुने विधेयक संसोधन : उपप्रधानमन्त्री सिंह

२०७१ असार १२ गते ८:०८

काठमाण्डु, १२ असार – उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले सरकारले जारी गर्ने तयारी गरेको अदालतको अपहेलनासम्बन्धि विधेयक नागरिक हकविरुद्ध भए संशोधन गर्न सकिने बताएका छन् । राजधानीमा बिहीबार आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग मन्त्री सिंहले विधेयक संशोधन गर्ने समय बाँकी...

हत्याका आरोपित पति र सासूविरुद्ध मुद्दा दर्ता

२०७१ असार १२ गते ७:३१

राजविराज, १२ असार – सप्तरीको पंसेरा गाविस–५ की २५ वर्षीया नगिना साहको हत्याको आरोपमा उनका पति शत्रुघ्न साह र सासू सुमित्रादेवी साहविरुद्ध प्रहरीले आज मुद्दा दर्ता गरेको छ । पीडितका बुबा विमलकिशोर साहको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कल्याणपुरले कर्तव्य ज्यान मुद्दा दर्ता गरेको...

डोमेन नाम र नम्बरको व्यवस्थापन आइक्यानले गर्ने

२०७१ असार १२ गते ७:२६

काठमाण्डु, १२ असार – इन्टरनेटको डोमेन (डट जिओभी, डट ओआरजी आदि नाम) नाम र नम्बरको दर्ता व्यवस्थापन अब आइक्यान (इन्टरनेट कर्पाेरेसन फर असाइन्ड नेम्स एन्ड नम्बर्स) संस्थाले गर्ने भएको छ । सञ्चार र इन्टरनेटसम्बन्धी आइक्यानको संयुक्त अधिराज्यमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिई आज स्वदेश...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us