काठमाण्डु, ११ असार– अमेरिकामा उपचार गराइरहेका प्रधानमन्त्री सुशील कोइराला र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच टेलिफोन वार्ता भएको छ । दुई नेताबीच बुधबार बिहान करिब १५ मिनेट भएको टेेलिफोन सम्वादमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान लेखन, सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमलगायत...
भक्तपुर, ११ असार– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारले भूमाफिया र ठेकेदारको जंजालमा फसेर उपत्यकालाई गाविसविहीन बनाउने षडयन्त्र गरेको आरोप लगाएका छन् । रफत सञ्चार क्लव भक्तपुरले बुधबार गरेको साक्षात्कारमा उनले षड्यन्त्रमा परेर सरकारले ल्याएको नयाँ नगरपालिका घोषणा कार्यक्रम स्वीकार्य नहुने बताए...
काठमाण्डु, ११ असार– राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी विधानअनुसार ३८ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेका छन् । काठमाण्डुमा हालै सम्पन्न पार्टीको प्रथम केन्द्रीय महाधिवेशनले विधान संशोधन गरी केन्द्रीय कार्यसमितिमा १ सय २७ जना रहने र त्यसमध्ये ६३ जना अध्यक्षले मनोनयन गर्ने व्यवस्था गरेको...
चौतारा, ११ असार– एकीकृत माओवादी जिल्ला कमिटी सिन्धुपाल्चोकले अध्यक्षसहित पदाधिकारी चयन गरेको छ । गत वैशाख ९ गते निर्वाचित ३८ सदस्यीय कमिटीको पहिलो बैठकले माधव सापकोटालाई अध्यक्ष चयन गरेको हो । सर्वसम्मतिका आधारमा पदाधिकारी चुनिएको पोलिट्ब्युरो सदस्य एवम् ताम्शालीङ राज्य समिति इन्चार्ज नारायण दाहालले...
वीरगन्ज, ११ असार– पर्सा जिल्लामा पुन: एक महिला बोक्सीको आरोपमा निर्घात कुटिएकी छिन् । जिल्लाको मिर्जापुर –२ बस्ने रैफुल मियााकी ४० वर्षीया श्रीमती सुशीला खातुनलाई बोक्सीको आरोपमा घरभित्रै थुनेर कुटपिट गरिएको उनका परिवारका सदस्यले बताएका छन् । आफूलाई भुलाई यादव भन्ने जोद्धा यादव, प्रमोद...
सोलुखुम्बु, ११ असार – नौ वर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ परेका चौरीखर्क सोलुखुम्बुका पासाङनुरु शेर्पालाई जिल्ला अदालत सोलुखुम्बुले आज १० वर्ष कैद सजाय सुनाएको छ । शेर्पालाई जिल्ला अदालत सोलुखुम्बुका न्यायाधीश दीपककुमार खरेलको इजलासले १० वर्ष कैद सजाय र पीडितलाई रु एक लाख क्षतिपूर्ति...
काठमाण्डु, ११ असार– भारतको लखनउबाट पक्राउ परेका डन सुजनकुमार पौडेल, उर्फ रमेश बाहुनलाई महानगरीय प्रहरी परिसर काठमाण्डुले पत्रकार सम्मेलनमार्फत सार्वजानिक गरेको छ । प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका बाहुनलाई ६ महिनाको प्रयासमा नेपाल प्रहरीले भारत उत्तर प्रदेशका समाजवादी पार्टीका विधायक विनायक सिंहको घरबाट केही...
काठमाण्डु, ११ असार – उच्च माध्यमिक शिक्षा परिषदका पदाधिकारीहरुले सरकारद्धारा उच्चमाविलाई सौतेनी व्यवहार देखाई घरको न घाटको बनाएको आरोप लगाएका छन् । रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उच्चमावीका सदस्य सचिव भीमलाल गुरुङले सरकारले नै उच्चमाविलाई न घर न घाटको (पेण्डुलम) बनाएको आरोप...
काठमाण्डु, ११ असार– संविधानसभाको बुधबारको बैठकमा तत्कालीन व्यवस्थापकीय अङ्गको स्वरुप निर्धारण समितिको प्रतिवेदनमा उल्लेखित सहमति र असहमतिका विषयको निक्र्योलसम्बन्धी प्रतिवेदन २०७१ माथि एकीकृत रुपमा छलफल जारी रह्यो । बैठकमा बोल्ने अधिकांश सांसदहरुले केन्द्रमा राष्ट्रिय र व्यवस्थापिका गरी दुई र प्रदेशमा एक सदनसहितको व्यवस्थापिका–संसद्को व्यवस्था गर्न...
काठमाण्डु, ११ असार – इराकी सहर टिक्रिटस्थित एक शिक्षण अस्पताल नजिक फोहर फाल्ने कन्टेनरमा लुकेर बसेका तीनजना नेपालीलाई तत्काल उद्धार गर्न नेपाल मानवअधिकार सङ्गठनले सरकारलाई आग्रह गरेको छ । कन्टेनरमा बसेर उद्धारको प्रतीक्षा गरिरहेका दमक नगरपालिका–१३ का प्रेस गिरी, मोरङको बयरबन–९ का मोहनकुमार बस्नेत...
सप्तरी, ११ असार– भवानीपुर-६ मा एकल महिलालाई बलात्कार गर्न खोज्ने युवकको लिंग महिलाले काटेर फालिदिएकी छिन् । दुलारीदेवी मुखीया नामकी ती महिलाले गत मंगलबार राति जबरजस्ती गर्न खोजेपछि २३ वर्षका विल्टु मुखियाको लिंग पत्तिले काटिदिएकी हुन् । उनी चार सन्तानकी आमा मदिरा र नास्ता...
काठमाण्डु, ११ असार– नेकपा एमालेको आसन्न नवौं महाधिवेशनका लागि प्रेस चौतारी नेपालबाट पाँच जना प्रतिनिधि छनौट भएका छन् । चौतारीबाट अध्यक्ष राजेन्द्र अर्यालसहित प्रमोद दाहाल, दुुर्गा शर्मा, माधव नेपाल र सइन्द्र राई प्रतिनिधिमा चयन भएका हुन् । अर्याल र दाहाल ओली पक्षधर हुन भने...