हेटौँडा, १० असार – केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौँ र जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले मङगलबार बिहान हेटौँडा नगरपालिका वडा नं २ स्थित न्यू लोकप्रिय होटलबाट दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडाको एउटा खागसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने अभियुक्तहरुमा बारा जिल्ला रतनपुर गाविस...
रसुवा, १० असार – रसुवा जिल्ला कारागारमा क्षमता भन्दा बढि कैदी बन्दी हुदाँ समस्या हुन थालेको छ । कारागारको क्षमता २५ जना रहेकोमा हाल ६९ जना कैदि बन्दलाई राखिएको छ । पुरुष बन्दी गृह मात्र रहेको जिल्ला कारागारमा महिला कैदि बन्दीलाई बस्नका लागि कुनै पनि...
महोत्तरी, १० असार – महोत्तरी प्रहरीले मङ्गलबार १७ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालत महोत्तरीद्वारा दोषी ठहरिएका १५ जना र प्रहरी अनुसन्धानका क्रममा फरार रहेका दुई जनालाई समातिएको हो । पक्राउ पर्नेहरुमा हात्तीलेट–५ का ६० वर्षीय नथुनी साह, ५५ वर्षीया शैलदेवी...
नुवाकोट, १० असार– त्रिशुली नदीमा गाग्रीमा पानी भर्न लाग्दा एक युवा बगेर बेपत्ता भएका छन् । पानी लिन जादाँ ढुङ्गामा चिप्लिएर रातमाटे २ का राजाराम खतिवडालाई त्रिशुलीले बगाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरिक्षक सन्तोष आचार्यले बताए । धमिलो र पानीको बहाब बढेकाले खतिवडाको...
काठमाण्ड, १० असार – एकीकृत नेकपा माओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले संविधानसभा उप–निर्वाचनमा एमाओवादीले बेहोरेको लज्जास्पद हारकाे आत्मसमीक्षा गर्नुपर्ने बताएका छन् । उनले सामाजिक संजाल फेसबुकमा देशलाई अग्रगमनको बाटोमा डोर्याउने पार्टीले एकपछि अर्को हार बेहोर्नु सामान्य कुरा नभएको प्रतिक्रिया दिएका छन् । उनले फेसबुकमा...
धनगढी, १० असार – आइतबार भएको संविधानसभा सदस्य उपनिर्वाचनमा कैलाली जिल्ला निर्वाचन क्षेत्र नं ६ का १२ जना उम्मेदवारको जमानत जफत भएको छ । कुल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था रहेको छ । क्षेत्र...
जाजरकोट, १० असार – पहिलो त्रैमासिक परीक्षा दिने समयसम्म पाठयपुस्तक नआएपछि यहाँका विद्यार्थी पुस्तक नै नहेरी परीक्षा दिन बाध्य भएका छन् । कक्षामा सबै विषयका पाठयपुस्तक नभएपछि पढाउन पनि समस्या भएको शिक्षकहरुले बताएका छन् । अरु कक्षामा पुराना किताबबाट भए पनि काम चलेको छ...
काठमाण्डु, १० असार – नेकपा एमालेको नवौं महाधिवेशनका लागि काठमाण्डु जिल्लाको प्रतिनिधि छनोटमा विवाद भएको छ । पार्टी मुख्यालय बल्खुमा हुन लागेको प्रतिनिधि छनोटको चुनावमा नेपाल पक्ष र ओली पक्ष बिच दोहोरो झडप भएको छ । ओली पक्षले पार्टी सदस्य नै नभएका ३ सय...
सोलुखुम्बु, १० असार– विसं २०५७ मा ८५ वर्षको उमेरमा एसएलसी परीक्षा दिएर प्रथम श्रेणीमा उत्तीर्ण गरी पढ्नलाई उमेरले छेक्दैन भन्ने सन्देश दिएका ९९ वर्षीय राइटरबाजेको सोमबार साँझ निधन भएको छ । काँगेल–८ सोलुखुम्बु निवासी राइटरबाजेको नामले चिनिने बलबहादुर कार्की जीवनज्योति उच्चमावि नेलेमा कक्षा १०...
काठमाण्डु, १० असार –संविधानसभा बैठक संविधानसभा बैठकमा आजपनि तत्कालिन व्यवस्थापकीय अङ्गको स्वरुप निर्धारण समितिको प्रतिवेदनमा रहेका सहमति र असहमतिका विषयमा छलफल हुनेछ । हिजोबाट छलफल सुरु भएको थियो । आज पनि सोही विषयमा संविधानसभाको बैठकमा छलफल हुने कार्यक्रम तय भएको छ । बैठकमा बोल्ने...
पर्सा, १० असार – वीरगन्ज पथलैया सडकखण्डअन्तर्गत जितपुरमा गएराति मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा गढीमाई नगरपालिका–७ का ६५ वर्षीय वाजुल हक रहेका छन् । सिमराबाट वीरगन्जतर्फ आउँदै गरेको ना३प ७३७१ मोटरसाइकलको ठक्करबाट घाइते भएका हकको वीरगन्जको नेसनल मेडिकल कलेजमा...
बारा , १० असार– एकीकृत माओवादी नेता बाबुराम भट्टराईले बाराको परवानीपुरस्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्र अवलोकन गरेका छन् । त्यसलगत्तै उनले त्यसको अवस्थाबारे ब्यंग्यात्मक ट्वीट गरेका छन् । उनले केन्द्रको अवस्था देखेर दिक्दारी व्यक्त गरेका हुन् । ‘बाराको परवानीपुरस्थित कृषिप्रधान देशको अग्रणी अनुसन्धान केन्द्रको...