एमाले प्रतिनिधि चयनमा विवाद: पार्टी मुख्यालयमा कुटाकुट

काठमाण्डु टुडे २०७१ असार १० गते ४:५९ मा प्रकाशित

काठमाण्डु, १० असार – नेकपा एमालेको नवौं महाधिवेशनका लागि काठमाण्डु जिल्लाको प्रतिनिधि छनोटमा विवाद भएको छ ।

uml officeपार्टी मुख्यालय बल्खुमा हुन लागेको प्रतिनिधि छनोटको चुनावमा नेपाल पक्ष र ओली पक्ष बिच दोहोरो झडप भएको छ ।

ओली पक्षले पार्टी सदस्य नै नभएका ३ सय १७ जनालाई मतदान गर्न ल्याएपछि विवाद चुलिएको हो ।

नेपाल पक्षले पार्टीको नियम विपरीत भन्दै विरोध जनाएपछि हात हालाहाल भएको छ । सोहि क्रममा काठमाण्डु क्षेत्र नं ९ का क्षेत्रिय संयोजक नवराज भट्ट कुटिएका छन् ।

नेकपा एमालेले उपनिर्वाचन भएका चारसहित उपत्यका आसपासका जिल्ला र विभागीय संगठनहरुबाट आज नवौं महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्दैछ ।

एमालेले आज काठमाण्डुसहित उपत्यकाका ललितपुर र भक्तपुर तथा सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, चितवन, दाङ, बाँके, बर्दिया, कैलाली, डोटी, अछाम, बझाङ, बाजुरा, जुम्ला, धनुषा, सप्तरीमा प्रतिनिधि चयन गर्न लागेको हो ।

यस्तै काठमाण्डु उपत्यकाअन्तर्गत रहेका पेसागत बुद्धिजीवी, मजदुर र विद्यार्थी विशेष जिल्ला कमिटीको प्रतिनिधि चयन पनि आजै हुनेछ । यसअघि देशका ५७ जिल्लाबाट १०८३ प्रतिनिधिको छनोट भइसकेको छ । एमाले महाधिवेशन आगामी १९ असारबाट काठमाण्डुमा सुरु हुँदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us