काठमाण्डू, ९ असार– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनका क्रममा बाँके– ३ का प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारले महाधिवेशन बोलाइएका अन्य दलका नेताहरूमाथि विवादास्पद अभिव्यक्ति दिएका छन् ।
उनले महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका नेताहरूलाई मञ्चमा आमन्त्रण गरिएको प्रसङ्गमा पार्टी सभापति रवि लामिछानेले उनीहरूलाई ‘अन्तिम पटक अनुहार देखाउन’ बोलाएको भन्दै छुच्द्र टिप्पणी गरेका हुन ।
उनले भने, ‘रवि दाइले हिजो चाहिँ उहाँहरूलाई बोलाएर स्टेजमा किन राखेको भने अन्तिम पटक भ्रष्टाचारी आतंककारीहरूको अनुहार कार्यकर्ता साथीभाइले हेरुन्, अब तह लगाउनु पर्ने यति बाँकी छन् भनेर चाहिँ उहाँले देखाइदिनु भो ।’
साथै उनले केही नेताहरूको सम्पत्ति छानबिन र व्यक्तिगत आचरणमाथि प्रश्न उठाउँदै भ्रष्टाचार र बेथितिविरुद्ध रास्वपा निरन्तर उभिएको बताए।