समाचार

यात्रु डराएपछि नयाँ विमानको पहिलो उडान रद्ध

२०७१ असार ११ गते १:३३

काठमाण्डु, ११ असार– चीनबाट ल्याइएको विवादास्पद एमए–६० विमानको पहिलो उडान नै यात्रु डराएपछि रद्ध भएको छ । पहिलो उडानका लागि भद्रपुर तय भएकोमा त्यहाँको उडान रद्ध भएको छ। त्यसैले आज बिहान ८ बजे विराटनगरका लागि भने सो विमानले उडान भर्ने भएको छ । त्यसमा...

वन मन्त्रीको निर्णयमाथि अख्तियारको छानबिन

२०७१ असार ११ गते १:३१

काठमाण्डु, ११ असार– वन तथा भू(संरक्षणमन्त्री महेश आर्चायले विवादित कम्पनीलाई लौठसल्ला संकलनको इजाजत दिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ । मन्त्री आर्चायले केएल दुगड समूह अन्तर्गतको ज्ञान हर्वललाई लौठसल्ला संकलनको अनुमति दिएपछि अख्तियारले सो सम्बन्धि निर्णयको फाइल माग्दै अनुसन्धान थालेको हो...

यो बर्षमात्रै २० हजार बिद्यार्थी विदेशमा

२०७१ असार ११ गते १:२१

काठमाण्डु, ११ असार – विदेश भ्रमण गर्न जाने विद्यार्थीको संख्या हरेक वर्ष बढेको छ । भारतबाहेकका देशमा जान ‘नो अब्जेक्सन’ लेटर लिने विद्यार्थीको संख्या चालू आर्थिक वर्षमा २० हजार नाघिसकेको छ । भारतमा गएकाहरुको भने तथ्यांक छैन । आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ...

सरकारको नीति तथा कार्यक्रम असार १५ मा

२०७१ असार १० गते १३:३५

काठमाण्डु, १० असार – सरकारले संसदमा वाषिर्क नीति तथा कार्यक्रम असार १५ गते पेस गर्ने भएको छ । राष्ट्रपति रामवरण यादवबाट असार १५ गते अपराह्न ३ बजे सदनमा नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । प्रधानमन्त्री ्देशबाहिर भएपनि उनले बजेट प्रभावित हुन नदिने गरी...

हतियारसहित पक्राउ परेका युवक सार्वजनिक

२०७१ असार १० गते १३:२१

दाङ, १० असार – दाङमा हतियार सहित पक्राउ परेका एक युवकलाई मङगलबार प्रहरीले सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरले पत्रकार सम्मेलन गरि ठूलो परिमाणमा हतियार तथा विष्फोटक सहित पक्राउ परेका पुरन्धारा ९ आटिखर्कका २२ बर्षीय प्रेम बहादुर राणालाई सार्बजनीक गरेको हो ।...

सदस्यसचिव लामाको काम नरोक्न आदेश

२०७१ असार १० गते १३:०६

काठमाण्डु, १० असार – राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामालाई सर्वोच्च अदालतले अर्को आदेश नभएसम्मका लागि काम गर्न नरोक्न आदेश दिएको छ । सर्वोच्चका प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा र न्यायाधीश ओमप्रकाश मिश्रको इजलासले युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले काम रोक्न दिएको आदेश कार्यान्वयन नगर्न फैसला...

परीक्षाफल प्रकाशित

२०७१ असार १० गते १२:५९

काठमाण्डु, १० असार – त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान परीक्षा नियन्त्रण महाशाखाद्वारा २०७० चैतमा सञ्चालित स्नातक तह सिभिल इन्जिनियरिङ (पूर्वाञ्चल क्याम्पसबाहेक) तेस्रो वर्ष प्रथम खण्ड नयाँ पाठ्यक्रम नियमित तथा पुनः परीक्षाको परीक्षाफल मङगलबार प्रकाशन गरिएको छ । परीक्षा गत वर्ष चैतमा सञ्चालन भएको थियो ।...

झाँक्री र ढुङगेल महाधिवेशन प्रतिनिधि चयन

२०७१ असार १० गते १२:५५

काठमाण्डु, १० असार – नेकपा एमालेको नवौं महाधिवेशनमा अनेरास्ववियुका पूर्व अध्यक्षद्धय रामकुमारी झाँक्री र माधव ढुंगेल विद्यार्थी विशेष जिल्ला कमिटीबाट प्रतिनिधि चयन भएका छन् । निकै प्रतिस्पर्धात्मक चुनावमा झाँक्रीले प्रतिस्पर्धी सुनिता बराललाई ७० भन्दा बढि मतान्तरमा पराजित गरेर महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी छन् ।...

टेलिकमको भवनमा आगलागी

२०७१ असार १० गते ११:५६

काठमाण्डु, १० असार – नेपाल टेलिकमको बबरमहलमा रहेको वायरलेस निर्देशनालयमा  आगलागी भएको छ । मङगलबार करेन्ट सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । सो घटनामा कम्प्युटर २५ थान, फर्निचर २५ थान, आल्मुनियमका पार्टसहरु र विभिन्न किसिमका सामानहरु जलेर करीव २ करोड रुपैयाँ बराबरको धनमाल...

भट्टराई र मेरो व्यक्तिगत कटुता छैनः प्रचण्ड

२०७१ असार १० गते १०:५३

जनकपुरधाम, १० असार – एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले वरिष्ठ नेता बाबुराम भट्टराई र आफूबीच व्यक्तिगत कटुता नभएको प्रष्ट पारेका छन् । जनकपुरधाममा मङगलबार आयोजित पत्रकार सम्मेलनमा उनले हामी एक आपसमा छलफल पनि गर्छौं र सधैँ मिलेका छौँ भन्दै दुवैको बीचमा झगडा रहेको...

नायब सुब्बाको अकुत सम्पत्ति देखेपछि निलम्बन

२०७१ असार १० गते १०:३५

काठमाण्डु, १० असार –  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुर भन्सार कार्यालयका नायब सुब्बा टोपबहादुर भुसाललाई निलम्बन गर्न भन्सार विभागलाई निर्देशन दिएको छ । आयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार नायब सुब्बा भुसालले अकुत सम्पत्ति आर्जन गरेको र सम्पत्ति लुकाउने प्रयोजनले बहुविवाहसमेत गरेको देखिएकाले निलम्बनका लागि...

आफ्नै छोरी बलात्कार गर्नेलाई १८ वर्ष कैद

२०७१ असार १० गते १०:२९

खोटाङ, १० असार – झड्केली छोरीलाई बलात्कार गर्ने बाबुलाई जिल्ला अदालत खोटाङले १८ वर्षको जेल सजायँ सुनाएको छ । चौध वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका बाक्सिला–७ का ४० वर्षीय कर्णबहादुर बस्नेतलाई जिल्ला अदालतले १८ वर्षको कैद सजायँ सुनाएको हो । छोरीलाई बलात्कार गरेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us