
दाङ, १० असार – दाङमा हतियार सहित पक्राउ परेका एक युवकलाई मङगलबार प्रहरीले सार्वजनिक गरेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरले पत्रकार सम्मेलन गरि ठूलो परिमाणमा हतियार तथा विष्फोटक सहित पक्राउ परेका पुरन्धारा ९ आटिखर्कका २२ बर्षीय प्रेम बहादुर राणालाई सार्बजनीक गरेको हो ।
उनलाई गाउँमा मादक पदार्थ सेबन गरि हतियार देखाउँदै गरेको अबस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो । राणा संगै अर्का ३५ बर्षीय आकाश वलि भनीने गणेश घर्ती भने फरार रहेको प्रहरीले जनाएको छ ।
फरार घर्तिको घरबाट १ थान भरुवा बन्दुक १५ राउण्ड गोली,१ थान सटगन, २४ राउण्ड गोली, डेटोनेटर ८९ राउण्ड, ४ थान करलेक्स फोन, रिभल्भर ३ राउण्ड, लगायत अन्य बिस्फोटक पदार्थ फेला पारिएको प्रहरी प्रमुख चक्रराज जोशीले जानकारी दिए ।