नायब सुब्बाको अकुत सम्पत्ति देखेपछि निलम्बन

काठमाण्डु टुडे २०७१ असार १० गते १०:३५ मा प्रकाशित

काठमाण्डु, १० असार –  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुर भन्सार कार्यालयका नायब सुब्बा टोपबहादुर भुसाललाई निलम्बन गर्न भन्सार विभागलाई निर्देशन दिएको छ ।

akhtiyarआयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार नायब सुब्बा भुसालले अकुत सम्पत्ति आर्जन गरेको र सम्पत्ति लुकाउने प्रयोजनले बहुविवाहसमेत गरेको देखिएकाले निलम्बनका लागि आयोगले निर्देशन दिएको हो ।

भुसाललाई पदमा नै राखी अनुसन्धान गर्दा आफूविरुद्धको प्रमाण नष्ट गर्नाका साथै थप अनुसन्धानमा समेत बाधा पु¥याउन सक्ने भएकाले आयोगको ऐन, २०४८ को दफा १९ को उपदफा ३ बमोजिम तत्काल निलम्बन गर्न निर्देशन दिइएको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us