समाचार

पाँच हजार चोरेर घरबाट भागेकी युवती सुनौली नाकामा भेटिइन्

२०७१ असार १२ गते ४:२४

चितवन, १२ असार– जिल्लाको जगतपुरकी एक युवती सुनौलीस्थित भारत प्रवेश गर्ने नाकामा भेटिएकी छन् । परिवारले बालिका हराएका जानकारी दिएपछि विभिन्न संघसंस्थाले खोजी गर्ने क्रममा भारत प्रवेश गर्न लाग्दा सुनौली नाकाबाट उनको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यही असार ४...

धादिङको नीलकण्ठ नगरपालिका साक्षर नगरपालिका घोषित

२०७१ असार १२ गते ४:११

धादिङ, १२ असार– नीलकण्ठ, मुरलीभञ्ज्याङ, साङकोस र सुनौलाबजार गाविस गाभेर बनेको नीलकण्ठ नगरपालिकालाई साक्षर नगरपालिका घोषित गरिएको छ । प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले सरकारको साक्षरता अभियान कार्यक्रमअन्तर्गत चार गाविस गाभेर बनेको नीलकण्ठ नगरपालिकाका नगरवासी तोकिएको मापदण्डअनुसार साक्षर भएकाले साक्षर नगरपालिका भएको घोषणा गरे...

एमाओवादीले संविधानसभाभित्र पनि मोर्चाबन्दी गर्ने

२०७१ असार १२ गते ३:१४

काठमाण्डु, १२ असार–मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसहति संविधानसभा बाहिरका दलसँग कार्यगत एकताको गृहकार्यमा जुटेको एकीकृत माओवादीले संविधानसभाभित्र रहेका पहिचानसहितको संघीयता पक्षधरहरुको मोर्चा बनाउने भएको छ । लाजिम्पाटस्थित एमाओवादी अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ निवासमा बिहीबार बिहान बसेको बैठकले संविधानसभाभित्र साझा मुद्धा बोकेका दलहरुबीच मोर्चाबन्दी गरेर अघि...

गोरुको मासु खाएको आरोपमा तीन जनालाई मुद्धा

२०७१ असार १२ गते ३:००

नवलपरासी, १२ असार- नवलपरासीमा गोरुको मासु खाएको अभियोगमा तीन जनालाई प्रक्राउ गरि कारवाहीका लागि प्रहरीले मुद्दा दर्ता गरेको छ । तमसरिया–४ का ४८ वर्षीय वेल बहादुर कानुङ्ग मगर, तमसरिया–२ वस्ने ३० वर्षीय तिलनाथ घर्ती र देउराली–९ वस्ने ३४ वर्षीय विर बहादुर आलेलाई मुद्दा चलाएको इलाका...

अबैधरुपमा मदिरा पसल सञ्चालन गर्ने पक्राउ

२०७१ असार १२ गते २:४५

कञ्चनपुर, १२ असार- अनुमति नलिइकन अवैध रुपमा मदिरा पसल सञ्चालन गर्ने कृष्णपुर–६ का दुईजनालाई प्रहरीले गएराति पक्राउ गरी हिरासतमा राखेको छ । पक्राउ पर्नेमा कृष्णपुरका बुद्धिराम चौधरी र खुसिराम चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक राजेन्द्र नाथको टोलीले उनीहरुको...

संसदको आकार सानो बनाउन अधिकांश सभासदको सहमति

२०७१ असार १२ गते २:४३

काठमाण्डु, १२ असार– ब्यवस्थापकीय अंगको स्वरुपबारे संविधानसभामा भएको छलफलमा केन्द्र र प्रदेश दुबै तहमा ब्यवस्थापिकाको आकार सानो बनाउन अधिकाश सभासद्को सहमति देखिएको छ । नयाँ संविधानको लागि आएको यस प्रस्ताबमा सहभागि सभासद्हरुले केन्द्रमा दुई सदनात्मक र प्रदेशमा एक सदनात्मक ब्यवस्थापिका छरितो हुनुपर्ने धारणा राखेका हुन्...

दाउन्नेदेवी खुला दिसामुक्त क्षेत्र घोषणा

२०७१ असार १२ गते २:४०

नवलपरासी, १२ असार- नवलपरासी जिल्लाको दाउन्नेदेवी गाविसलाई एक कार्यक्रमबीच खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । योसँगै नवलपरासीमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा हुने सङ्ख्या ३६ वटा पुगेको छ । यो गाविसमा तीन हजार ४१ घरधुरी र जनसङ्ख्या १९ हजार ९४६ रहेको छ । सो...

बिलभरपाई बिनै सांसद कोषको ६ करोड खर्च

२०७१ असार १२ गते २:३८

काठमाण्डु, १२ असार– सभासद्ले पाउने वार्षिक १० लाख रुपैयाँमध्ये एक लाख प्रशासनिक खर्चका नाममा आफ्नो निर्वाचन क्षेत्रमा कार्यालय सञ्चालनका लागि विनियोजन हुने नियमावलीमा उल्लेख भएपनि सभासद्हरूले निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत वार्षिक ६ करोड रुपैयाँ एेनको प्रावधानविपरीत बिलभरपाईबिनै बुझ्दै आएको पाइएको छ। अघिल्लो चारवर्षे...

विवाद भएका ठाउँमा एमालेले आज प्रतिनिधि छान्ने

२०७१ असार १२ गते ०:३७

काठमाण्डु, १२ असार– नेकपा एमालेको नवौं महाधिवेशनका लागि बाँकी स्थानमा आज प्रतिनिधि छनौट हुँदैछ । विवादका कारण प्रतिनिधि चयन हुन नसकेका क्षेत्रमा आज प्रतिनिधि चयन हुने भएको हो । काठमाण्डु–२, बर्दिया–१ र महोत्तरी २ लगायत स्थानमा प्रतिनिधि चयन हुन बाँकी छ । यसअघि १...

उपनिर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाइयो

२०७१ असार ११ गते १६:०९

काठमाण्डु, ११ असार– निर्वाचन आयोगले यही असार ८ गते सम्पन्न संविधानसभा उपनिर्वाचनको परिणाम बुधबार राष्ट्रपति रामवरण यादवसमक्ष पेस गरेको छ । आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ नेतृत्वको टोलीले राष्ट्रपति समक्ष निर्वाचन परिणाम बुझाएको हो । निर्वाचन परिणाम बुझाउन गुरुङसँगै आयुक्तहरु डा अयोधीप्रसाद...

ओली पक्षद्वारा झलनाथलाई अध्यक्ष प्रस्ताव

२०७१ असार ११ गते १५:५९

काठमाण्डु, ११ असार– नेकपा एमालेको केपी शर्मा ओली पक्षले दोश्रो कार्यकालका लागि अध्यक्ष बन्न झलनाथ खनाललाई आग्रह गरेको छ । सो पक्षका सचिव विष्णु पौडेलले बुधबार खनाललाई उनकै निवास डल्लुमा भेटेर सर्वसम्मत अध्यक्ष बन्न प्रस्ताव गरेको एमाले उच्च स्रोतले काठमाण्डु टुडेलाई बतायो । स्रोतका...

१ हजार ४ सय ३५ प्रतिनिधि आफ्नो भएको ओलीको दाबी

२०७१ असार ११ गते १५:५८

काठमाण्डु, ११ असार– एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आसन्न नवौं महाधिवेशनमा सहभागी हुने कुल २ हजार १ सय ३० मध्ये १ हजार ४ सय ३५ प्रतिनिध आफ्नो पक्षमा रहेको दाबी गरेका छन् । ओलीको सचिवालयले काठमाण्डु टुडेलाई उपलब्ध गराएको सूचीमा सो पक्षको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us