गोरुको मासु खाएको आरोपमा तीन जनालाई मुद्धा

काठमाण्डु टुडे २०७१ असार १२ गते ३:०० मा प्रकाशित

नवलपरासी, १२ असार- नवलपरासीमा गोरुको मासु खाएको अभियोगमा तीन जनालाई प्रक्राउ गरि कारवाहीका लागि प्रहरीले मुद्दा दर्ता गरेको छ ।
तमसरिया–४ का ४८ वर्षीय वेल बहादुर कानुङ्ग मगर, तमसरिया–२ वस्ने ३० वर्षीय तिलनाथ घर्ती र देउराली–९ वस्ने ३४ वर्षीय विर बहादुर आलेलाई मुद्दा चलाएको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।
स्थानीयको उजुरीको आधारमा पक्राउ गरि गौ–हत्या मुद्दा दर्ता गरेको इलाका प्रहरी कार्यालय कावासोतीका प्रहरी निरीक्षक मोहन अधिकारीले जानकारी दिए ।
जिउंदै काटेको नभएर आफ्नै घरको मरेको गोरु काटेर खाएको पिडितहरुले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us