विवाद भएका ठाउँमा एमालेले आज प्रतिनिधि छान्ने

काठमाण्डु टुडे २०७१ असार १२ गते ०:३७ मा प्रकाशित

काठमाण्डु, १२ असार– नेकपा एमालेको नवौं महाधिवेशनका लागि बाँकी स्थानमा आज प्रतिनिधि छनौट हुँदैछ ।
Uml-new-logoविवादका कारण प्रतिनिधि चयन हुन नसकेका क्षेत्रमा आज प्रतिनिधि चयन हुने भएको हो ।
काठमाण्डु–२, बर्दिया–१ र महोत्तरी २ लगायत स्थानमा प्रतिनिधि चयन हुन बाँकी छ । यसअघि १ हजार ८ सय २४ प्रतिनिधि चयन भइसकेका छन्  । यसैबीच एमालेको प्रतिनिधिको सङ्ख्या पूर्व घोषितभन्दा बढी हुने भएको छ ।
करिब एक हजार ९ सय प्रतिनिधि हुने अनुमान गरिएकामा पार्टीको पछिल्लो सर्कुलरअनुसार भूगोलका कमिटीमा समावेशी प्रतिनिधिका लागि केही नयाँ प्रावधानको व्यवस्था गरेर संख्या बढ्ने भएको हो ।

एमालेले प्रतिनिधि सङ्ख्या २ सय बढेर दुई हजार एक सय ६९ पुग्ने बताएको छ । महाधिवेशन नजिकिँदै गर्दा अध्यक्षका आकांक्षी वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली पक्षले आफ्नो बहुमत रहेको दाबी गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us