अबैधरुपमा मदिरा पसल सञ्चालन गर्ने पक्राउ

काठमाण्डु टुडे २०७१ असार १२ गते २:४५ मा प्रकाशित

कञ्चनपुर, १२ असार- अनुमति नलिइकन अवैध रुपमा मदिरा पसल सञ्चालन गर्ने कृष्णपुर–६ का दुईजनालाई प्रहरीले गएराति पक्राउ गरी हिरासतमा राखेको छ । पक्राउ पर्नेमा कृष्णपुरका बुद्धिराम चौधरी र खुसिराम चौधरी रहेका छन् ।

इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक राजेन्द्र नाथको टोलीले उनीहरुको पसलमा छापा मार्दा अवैध रुपमा बिक्रीका लागि राखिएको १६ बोतल बियर, २४ बोतल जिन र ७३ क्वार्टर सौफी नामको मदिरा बरामद गरिएको जनाएको छ ।

बरामद मदिरा र पक्राउ परेकालाई कारबाहीका लागि आज आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरमा पठाइने उनले बताए । मदिराका कारण घरेलु हिंसा र झैँझगडा बढ्न थालेपछि प्रहरीले कृष्णपुर क्षेत्रमा अवैध मदिरा नियन्त्रण गर्नका लागि अभियान नै सञ्चालन गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us