दाउन्नेदेवी खुला दिसामुक्त क्षेत्र घोषणा

काठमाण्डु टुडे २०७१ असार १२ गते २:४० मा प्रकाशित

नवलपरासी, १२ असार- नवलपरासी जिल्लाको दाउन्नेदेवी गाविसलाई एक कार्यक्रमबीच खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ ।

योसँगै नवलपरासीमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा हुने सङ्ख्या ३६ वटा पुगेको छ । यो गाविसमा तीन हजार ४१ घरधुरी र जनसङ्ख्या १९ हजार ९४६ रहेको छ ।

सो क्रममा सङ्घसंस्था, विद्यालय, आमा समूहलगायतले गाविसको विभिन्न वडामा पञ्चेबाजा, झाँकीसहित परिक्रमा गरी गङ्गा उच्चमाध्यमिक विद्यालयको प्राङ्गणमा सभामा परिणत भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us