उपनिर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाइयो

काठमाण्डु टुडे २०७१ असार ११ गते १६:०९ मा प्रकाशित

काठमाण्डु, ११ असार– निर्वाचन आयोगले यही असार ८ गते सम्पन्न संविधानसभा उपनिर्वाचनको परिणाम बुधबार राष्ट्रपति रामवरण यादवसमक्ष पेस गरेको छ ।

आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ नेतृत्वको टोलीले राष्ट्रपति समक्ष निर्वाचन परिणाम बुझाएको हो ।

निर्वाचन परिणाम बुझाउन गुरुङसँगै आयुक्तहरु डा अयोधीप्रसाद यादव, डा रामभक्त पीभी ठाकुर, इला शर्मा र सचिव मधुप्रसाद रेग्मीसहितको टोली राष्ट्रपति भवन शीतल निवास पुगेको थियो ।
आयोगको विवरण बुझेपछि राष्ट्रपति यादवले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकामा आयोगलाई धन्यवाद दिएका थिए । आयोग प्रवक्ता महेश्वर न्यौपानेले त्यस क्रममा राष्ट्रपतिले निर्वाचन प्रणालीमा सुधारको खाँचो औंल्याएका थिए ।

दुई क्षेत्रबाट निर्वाचित काँग्रेसका दुई र एमालेका दुई नेताले छाडेका काठमाण्डु–२, चितवन–४, बर्दिया–१ र कैलाली–४ मा गत ८ असारमा उपनिर्वाचन सम्पन्न भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us