धादिङको नीलकण्ठ नगरपालिका साक्षर नगरपालिका घोषित

काठमाण्डु टुडे २०७१ असार १२ गते ४:११ मा प्रकाशित

धादिङ, १२ असार– नीलकण्ठ, मुरलीभञ्ज्याङ, साङकोस र सुनौलाबजार गाविस गाभेर बनेको नीलकण्ठ नगरपालिकालाई साक्षर नगरपालिका घोषित गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले सरकारको साक्षरता अभियान कार्यक्रमअन्तर्गत चार गाविस गाभेर बनेको नीलकण्ठ नगरपालिकाका नगरवासी तोकिएको मापदण्डअनुसार साक्षर भएकाले साक्षर नगरपालिका भएको घोषणा गरे ।
नीलकण्ठ नगरपालिकाको ३९ हजार ६०६  जनसंख्यामा ३८ हजार ८ सय ११ साक्षर छन् । यो कूल जनसंख्याको ९८ प्रतिशत हो ।  ९५ प्रतिशतभन्दा माथि साक्षर भएको स्थान, क्षेत्रलाई साक्षर घोषणा गर्न सकिने प्रावधान  छ ।
धादिङका बाँकी ४६ गाविस पनि साक्षर भइसकेकाले छिट्टै साक्षर जिल्ला घोषित गर्ने  तयारी भइरहेको जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us