समाचार

बिरामी प्रधानमन्त्रीले भने ‘आफ्नो भन्दा देशको चिन्ता छ ’

२०७१ असार १० गते १:३०

काठमाण्डु, १० असार –पाइजामा पहिरिएका प्रधानमन्त्री सुशील कोइरालाको मलिन अनुहार पर्याप्त थियो उनको अस्वस्थता दर्शाउन । गत शुक्रबार ‘बायोस्पी’ लगायत अन्य परिक्षणहरुपछि त ७५ वर्षीय कोइराला झनै थकित देखिन्थे । उनका अंगरक्षक धेरै कुराकानी नगर्न ईशारा गर्दै थिए । ‘कस्तो छ तपाईको स्वास्थ्य स्थिति...

माधव नेपालका कारण गुमायो एमालेले काठमाण्डु–२

२०७१ असार ९ गते १५:१६

काठमाण्डु, ९ असार– कम्युनिष्ट किल्लामा रुपमा रहेका काठमाण्डु–२ मा आइतबार भएको उपनिर्वाचनमा एमालेले पराजय ब्यहोर्‍यो । ४ मंसिरको संविधानसभा निर्वाचनमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल प्रतिद्वन्द्वभन्दा झण्डै ९ हजार बढी मत ल्याएर विजयी भएका थिए । उनले त्यतिबेला २० हजार ४ मत ल्याएका थिए...

सरकारले भन्यो, ‘इराकमा रहेका नेपाली छिटो स्वदेश फर्क’

२०७१ असार ९ गते १५:०९

काठमाण्डु, ९ असार– परराष्ट्र मन्त्रालयले द्वन्द्वग्रस्त मुलुक इराकमा रहेका नेपालीलाई उच्च सतर्कतामा रहन र जतिसक्दो छिटो नेपाल फर्कन आग्रह गरेको छ । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसहित मन्त्रालयका अधिकारीहरुको सोमबारको बैठकले इराकको अवस्थामा सुधार नआएको र अवस्था थप भयावह हुने सम्भावना देखिएकाले इराक छाड्न भनेको हो...

प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिने प्रतिनिधिसभा हुनुपर्नेमा जोड

२०७१ असार ९ गते १४:५८

काठमाण्डु, ९ असार– संविधानसभामा व्यवस्थापिका–संसद्को स्वरुपका बारेमा सहभागी सभासदहरुले     प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिने जनप्रतिनिधिमूलक संस्थाका रुपमा प्रतिनिधिसभा रहनुपर्नेमा जोड दिएका छन् । तत्कालीन व्यवस्थापकीय अङ्गको स्वरुप निर्धारण समितिको प्रतिवेदनका सहमति र असहमतिका विषयका निक्र्योलसम्बन्धी प्रतिवेदनमाथि सोमबारदेखि सुरु भएको छलफलमा उनीहरुले यस्तो विचार व्यक्त...

रसुवामा विश्वमै दुर्लभ हिउँ चितुवाको आहरा बढ्यो

२०७१ असार ९ गते १४:४७

रसुवा, ९ असार– विश्वमै दुर्लभ तथा लोपउन्मुख वन्यजन्तु हिउँ चितुवाका लागि लाङटाङ क्षेत्रमा प्रसस्त आहारा रहेको एक अध्ययनले देखाएको छ । हिउँ चितुववको बासस्थान क्षेत्र लाङटाङ हिमालमा दुई साता लगाएर गरिएको अध्ययन तथा अनुगमनबाट सो क्षेत्रमा प्रशस्त आहारा रहेको देखिएको छ । हिउँ चितुवाको...

महाधिवेशनमा व्यस्त हुनुपरेका कारण काठमाण्डुमा हारियो: खनाल

२०७१ असार ९ गते १४:३९

काठमाण्डु, ९ असार– एमाले अध्यक्ष झलनाथ खनालले पार्टी नवौं महाधिवेशनको तयारीमा व्यस्त हुनुपरेका कारण संविधानसभा उपनिर्वाचनमा काठमाण्डु–२ मा पराजय बेहोर्नु परेको बताएका छन् । महाधिवेशन मुल व्यवस्थापन समितिले मुख्यालय बल्खुमा सोमबार गरेको नियमित पत्रकार भेटघाटमा उनले पार्टी नेताहरुको ध्यान महाधिवेशन तयारीमा केन्द्रित भएका कारण...

एमालेमा १ हजार ८३ प्रतिनिधि चयन

२०७१ असार ९ गते १२:५७

काठमाण्डु, ९ असार– एमालेले नवौं महाधिवेशनका लागि १ हजार ८३ जना प्रतिनिधि चयन भएको जनाएको छ । पार्टी मुख्यालय बल्खुमा सोमबार भएको पत्रकार सम्मेलनमा मुल व्यवस्थापन समितिका संयोजक ईश्वर पोखरेलले उपनिर्वाचन भएका चार जिल्ला, अञ्चल, केन्द्रीय विभाग  र जनसंगठन बाहेकमा प्रतिनिधि चयन भइसकेको बताए...

दुई लाख लुट्न आमाछोराको हत्या

२०७१ असार ९ गते १२:३७

जनकपुर,  ९ असार– जनकपुर कटैयाचौरीकी २७ वर्षीया मैतुल खातुन र उनका ७ वर्षीय छोरा अमरुल साफीको हत्याका मुख्य अभियुक्त पक्राउ परेका छन् । प्रहरीले भारत बिहार राज्य मधुवनी जिल्ला चरौत घर भएका २१ वर्षीय दीपककुमार ठाकुरलाई हत्या आरोपमा पक्राउ गरेको हो । उनलाई प्रहरीले...

२०४८ पछि पहिलोपटक काठमाण्डु –२ मा काँगेस विजयी

२०७१ असार ९ गते १२:३१

काठमाण्डु, ९ असार– काठमाण्डु–२ मा हिजो सम्पन्न संविधानसभा उपनिर्वाचनमा काँग्रेस उम्मेदवार दीपक कुइँकेल विजयी भएका छन् । अन्तिम मतपरिणामअनुसार कुइँकेलले १८ हजार दुई सय मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठले १३ हजार ४ सय २१ मत ल्याएका...

बहुविवाह गर्ने प्रहरी अधिकृतविरुद्ध दर्ता भएन मुद्धा

२०७१ असार ९ गते १२:२७

काठमाण्डु, ९ असार – बहुबिबाह गर्ने प्रहरी अधिकृतबिरुद्ध दायर गरिएको मुद्धा महानगरीय प्रहरी परिसर हनुमानढोकाले दर्ता गर्न नमानेको रहस्य खुलेको छ । बहुबिबाह गर्ने नेपाल प्रहरीका अधिकृत चन्द्रबहादुर थापा बिरुद्ध उनकी जेठी श्रीमती इन्दीरा निरौलाले मुद्धा दायर गर्न खोज्दा परिसरले दर्ता नै गर्न नमानेको...

राउटेको तलब दोब्बर

२०७१ असार ९ गते १२:२२

सुर्खेत, ९ असार– करिब पाँच महिना अगाडि वन हेरालुको जागिर पाएका राउटे समुदायको तलब दोब्बरले वृद्धि गरिने भएको छ । फिरन्ते जीवन बिताउने उनीहरले अहिले महिनाको दुई हजार ५सय मासिक तलब पाउने गरेकामा आगामी साउन महिनादेखि दोब्बर वृद्धि गरेर पाँच हजार बनाइने जिल्ला वन...

नेपाल प्रहरीको नतिजा प्रकाशन

२०७१ असार ९ गते ११:५२

काठमाण्डु, ९ असार – नेपाल प्रहरीमा विभिन्न कारणले विभिन्न समूहतर्फ रिक्त रहेको प्राविधिक पदको लिखित नतिजा प्रकाशित गरेको छ । प्राविधिक प्रहरी निरीक्षक नेपाल प्रहरी अस्पतालतर्फ ( जनरल हेल्थ सर्भिसेज, फिजियोथेरापी टेक्नोलोजिष्ट, रेडियोग्राफी, डेन्टल,डाइटेटिक्स, भेटेरिनरी) आवास तथा भौतिक परियोजना महाशाखातर्फ (सिभिल ईन्जिनियरिङ्ग जनरल उप...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us