बहुविवाह गर्ने प्रहरी अधिकृतविरुद्ध दर्ता भएन मुद्धा

काठमाण्डु टुडे २०७१ असार ९ गते १२:२७ मा प्रकाशित

काठमाण्डु, ९ असार – बहुबिबाह गर्ने प्रहरी अधिकृतबिरुद्ध दायर गरिएको मुद्धा महानगरीय प्रहरी परिसर हनुमानढोकाले दर्ता गर्न नमानेको रहस्य खुलेको छ ।

piditबहुबिबाह गर्ने नेपाल प्रहरीका अधिकृत चन्द्रबहादुर थापा बिरुद्ध उनकी जेठी श्रीमती इन्दीरा निरौलाले मुद्धा दायर गर्न खोज्दा परिसरले दर्ता नै गर्न नमानेको हो ।

पिडित निरौलाले सोमबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी मुद्धा दायर गर्न खोज्दा अंश लिएर बस्न दबाब दिएको बताईन । परिसरमा २०७१ साल जेठ २० गते बहुविबाह गरको आरोपमा मुद्धा दायर गर्न खोजेपनि अहिलेसम्म प्रहरीले दर्ता नगरेको उनको गुनासो छ ।

प्रहरी निरिक्षक थापाले २०७० फागुनमा दोश्रो बिबाह गरेपनि आफुले जेठमा मात्रै जानकारी पाएको पिडित निरौलाले बताईन ।

बहुबिबाहको बिरुद्ध मुद्धा दायर गर्न लागेको थाहा पाएपछि घरपरिवारबाट समेत धम्की आउने गरेको भन्दै निरौलाले दुःखेसो गरीन, मलाई सासु ससुराले मेरो छोराको प्रहरी महानिरीक्षक र गृहमन्त्रीका प्रेस सल्लहाकारसंग राम्रो सम्बन्ध छ तैले केही गर्न सक्दिनस भन्दै धम्की दिन्छन ।

प्रहरीले मुद्धा दर्ता गर्न नमानेकै कारण आफुले न्याय पाउन नसकेको पिडित निरौलाको भनाई छ । सरकारबादी मुद्धा भएकोले प्रहरीले दर्ता नगर्दा आफू अन्यायमा परेको उनले बताईन ।

राष्ट्रिय महिला आयोगबाट समेत कारबाहीका लागि प्रहरी प्रधान कार्यालय र यसका मातहतका कार्यालयमा पत्र पठाउदा समेत कुनै सुनुवाई नभएको उनको भनाई छ ।
उनले भनिन्– राष्ट्रिय मानबअधिकार आयोग र प्रधानमन्त्रीको लैंगीक हिंसा बिरुद्धको कार्यालयले कारबाहीका लागि पत्राचार गर्दा समेत थापामाथी नेपाल प्रहरीबाट कुनै कारबाही नभएको निरौलाको तर्क छ ।

२०६७ साल असारमा थापासंग निरौलाको प्रेम बिबाह भएको थियो बिगत एक बर्षदेखी श्रीमानसंग सामान्य झगडा पर्दै आएको उनले जानकारी गराइन ।

१ बर्षयता निरन्तर रुपमा शारिरीक तथा मानसिक यातना दिदै आएपनि त्यसको समेत कुनै छानवीन तथा सुनुवाई नभएको निरौलाले बताईन ।

माइतीबाट कार दाइजो ल्याउन पटक पटक दबाब दिएपनि आफुले कार दिन नसकेपछि श्रीमानले दोश्रो बिबाह गरेको निरौलाको भनाई छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us