नेपाल प्रहरीको नतिजा प्रकाशन

काठमाण्डु टुडे २०७१ असार ९ गते ११:५२ मा प्रकाशित

काठमाण्डु, ९ असार – नेपाल प्रहरीमा विभिन्न कारणले विभिन्न समूहतर्फ रिक्त रहेको प्राविधिक पदको लिखित नतिजा प्रकाशित गरेको छ ।

nepal policeप्राविधिक प्रहरी निरीक्षक नेपाल प्रहरी अस्पतालतर्फ ( जनरल हेल्थ सर्भिसेज, फिजियोथेरापी टेक्नोलोजिष्ट, रेडियोग्राफी, डेन्टल,डाइटेटिक्स, भेटेरिनरी) आवास तथा भौतिक परियोजना महाशाखातर्फ (सिभिल ईन्जिनियरिङ्ग जनरल उप समूह (ईन्जिनियर) आर्किटेक्ट ईन्जिनियर), केन्द्रीय बिधि बिज्ञान प्रयोगशालातर्फ (फिजिक्स, केमेष्ट्रि बायोलोजी) कम्प्युटर निर्देशनालयतर्फ ( कम्प्युटर इन्जिनियर, कम्प्युटर अधिकृत र संचार निर्देशनालयतर्फ (ईलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन ईन्जिनियरिङ्ग पदहरु खुला प्रतियोगिताद्धारा समाबेशी प्रावधान अनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयमा २०७० मंसिर १० गते प्रकाशित बिज्ञापन अनुसार दरखास्त दिई लोक सेवा आयोगद्धारा संचालित लिखित परीक्षामा सम्मिलित भई उत्तिर्ण भएका खुल्ला तथा समाबेशी समूहतर्फका उम्मेदवारहरुको नतिजा प्रकाशन गरिएको छ ।

उत्तिर्ण उम्मेदवारहरुको असार २२ गते आइतबार नेपाल प्रहरी अस्पताल महाराजगंजमा बिशेष स्वास्थ्य परिक्षण परीक्षा संचालन हुने छ ।

उक्त नजिता तथा बिशेष स्वास्थ्य परिक्षण सम्बन्धी सूचना नेपाल प्रहरीको वेव साईट www.nepalpolice.gov.np मा र प्रहरी प्रधान कार्यालयको सूचना पाटीमा समेत राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us