सरकारी धरपकडविरुद्ध माइतीघरमा दृष्टिविहीनको धर्ना

काठमाण्डु टुडे २०८३ असार ९ गते १२:०४ मा प्रकाशित

काठमाण्डू, ९ असार– काठमाण्डूको माइतीघरमा दृष्टीविहीनहरुले धर्ना दिएका छन् । सरकारका विभिन्न निकायहरुले सडक पेटीमा कार्य क्षेत्र बनाउँदा धरपकड गरेर गरिखान नदिएको भन्दै उनीहरुले मंगलबार धर्ना दिएका हुन् ।

सडक पेटी केन्द्रित स्वरोजगारमुलक दृष्टिविहीन व्यवसायीहरुको समूह विकल्पको माग गर्दै आन्दोलनमा उत्रिएको हो । उनीहरुले राज्यका निकायहरुले जबरजस्ती उठाउन खोजेको आरोप लगाएका छन् ।

घामपानी, धुलोधुँवा सहेर सडकलाई कार्य क्षेत्र बनाउनु आफूहरुको रहन नभइ बाध्यता भएको बताउँदै उनीहरुले विकल्पको माग गर्दै विरोध गरेका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us