रास्वपा सहमहामन्त्रीमा यज्ञमणिले गरे उम्मेदवारी घोषणा

काठमाण्डु टुडे २०८३ असार ९ गते १३:१० मा प्रकाशित

काठमाण्डू, ९ असार– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहमहामन्त्रीमा अधिवक्ता तथा सांसद यज्ञमणि न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन ।

रास्वपा स्थापनाकालदेखि नै उक्त पार्टीका कानुनी कामको संयोजन गर्दै आएका न्यौपाने संस्थापक केन्द्रीय सदस्य र न्यायीक समितिका उपप्रमुख समेत रहेका थिए ।

रास्वपाको विधानमा पाँच सहमहामन्त्रीको व्यवस्था छ । त्यसमध्ये दुई मनोनीत र तीनजना निर्वाचनबाट निर्वाचित हुनुपर्छ । न्यौपानेले निर्वाचित हुनुपर्ने तीनमध्येको उम्मेदवारी घोषणा गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us