विष्णु पौडेललाई काठमाण्डू ल्याइयो, सम्पत्ति शुद्धीकरण विभागमा हाजिर गराइयो

काठमाण्डु टुडे २०८३ असार ९ गते १२:५८ मा प्रकाशित

काठमाण्डू, ९ असार– सुर्खेतबाट पक्राउ परेका पूर्व मन्त्री एवं एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाण्डू ल्याइएको छ । उनलाई केहीबेर अघि प्रहरीले सम्पत्ति शुद्धीकरण विभाग पुर्‍याएको हो ।

पूर्व उपप्रधान एवं अर्थमन्त्री समेत रहेका पौडेललाई हिजो प्रहरीले पक्राउ गरेको थियो । उनलाई आजै म्याद थपका लागि अदालत लाने तयारी समेत रहेको छ ।

उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभाग सम्बद्ध उच्च स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us