रसुवामा विश्वमै दुर्लभ हिउँ चितुवाको आहरा बढ्यो

काठमाण्डु टुडे २०७१ असार ९ गते १४:४७ मा प्रकाशित

रसुवा, ९ असार– विश्वमै दुर्लभ तथा लोपउन्मुख वन्यजन्तु हिउँ चितुवाका लागि लाङटाङ क्षेत्रमा प्रसस्त आहारा रहेको एक अध्ययनले देखाएको छ ।

हिउँ चितुववको बासस्थान क्षेत्र लाङटाङ हिमालमा दुई साता लगाएर गरिएको अध्ययन तथा अनुगमनबाट सो क्षेत्रमा प्रशस्त आहारा रहेको देखिएको छ । हिउँ चितुवाको मुख्य आहार भनेको हिमाली क्षेत्रमा पाइने घोरल र थार हो ।

वैशाख दोस्रो साताबाट गरिएको अध्ययन र अनुगमनका अनुसार लाङटाङ हिमाल हिउँ चितुवाका लागि प्रशस्त आहारा रहेको लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र सहयोग आयोजनाका प्रवन्धक गौतम पौड्यालले जानकारी दिए ।
लाङटाङ हिउँ चितुवा संरक्षण समितिका पदाधिकारी र लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र सहयोग आयोजना/डब्लुडब्लुएफ नेपालका प्रतिनिधिले विश्वमै दुर्लभ तथा लोपउन्मुख वन्यजन्तु हिउँ चितुवाको अध्ययन तथा अनुगमन गरेका हुन ।
हिउँ चितुवाको बासस्थानसम्म पुगेर गरिएको अध्ययन तथा अनुगमनबाट वन्यजन्तुको दिसा, पिसाब (स्क्याट) भेटिएको थियो । सो हिउँ चितुवाको हो वा होइन परीक्षण प्रश्चात मात्र थाहा हुने प्रवन्धक पौड्यालले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us