प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिने प्रतिनिधिसभा हुनुपर्नेमा जोड

काठमाण्डु टुडे २०७१ असार ९ गते १४:५८ मा प्रकाशित

काठमाण्डु, ९ असार– संविधानसभामा व्यवस्थापिका–संसद्को स्वरुपका बारेमा सहभागी सभासदहरुले     प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिने जनप्रतिनिधिमूलक संस्थाका caरुपमा प्रतिनिधिसभा रहनुपर्नेमा जोड दिएका छन् ।
तत्कालीन व्यवस्थापकीय अङ्गको स्वरुप निर्धारण समितिको प्रतिवेदनका सहमति र असहमतिका विषयका निक्र्योलसम्बन्धी प्रतिवेदनमाथि सोमबारदेखि सुरु भएको छलफलमा उनीहरुले यस्तो विचार व्यक्त गरेका हुन् ।

यस्तै प्रतिनिधिसभाको आकार ठूलो बनाउन नहुने, केन्द्रमा दुई सदनात्मक र प्रदेशमा एक सदनात्मक व्यवस्थापिका हुनुपर्ने तथा दुई स्थानबाट निर्वाचन लड्ने व्यवस्था खारेज गर्नुपर्नेमा उनीहरुको जोड थियो ।
यस्तै राष्ट्रपतिले संसद् बैठक आह्वान तथा अन्त र सम्बोधन गर्ने व्यवस्था हुनुपर्ने, केन्द्रमा दुई सदन हुनुपर्ने, राष्ट्रियसभा समावेशी र समानुपातिक प्रतिनिधित्वको ७५ सदस्यीय सानो आकारको हुनुपर्ने, आवधिक निर्वाचनको मिति पहिले नै तोक्नुपर्ने र राष्ट्रियसभामा विशेषज्ञ  र सीमान्तकृत वर्गको सहभागिता हुनुपर्ने जस्ता कुरामा जोड दिए । बैठकमा ४६ सभासदले आफ्ना धारणा राखेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us