
काठमाण्डु, ९ असार– एमाले अध्यक्ष झलनाथ खनालले पार्टी नवौं महाधिवेशनको तयारीमा व्यस्त हुनुपरेका कारण संविधानसभा उपनिर्वाचनमा काठमाण्डु–२ मा पराजय बेहोर्नु परेको बताएका छन् ।
महाधिवेशन मुल व्यवस्थापन समितिले मुख्यालय बल्खुमा सोमबार गरेको नियमित पत्रकार भेटघाटमा उनले पार्टी नेताहरुको ध्यान महाधिवेशन तयारीमा केन्द्रित भएका कारण पराजय भएको बताए ।
यद्यपि निर्वाचनमा भएको पराजयको भने पार्टीमा समीक्षा हुने उनले बताए । आइतबार भएको निर्वाचनमा एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठ काँग्रेसका दीपक कुइँकेलसँग पराजित भएका हुन् । ४ मंसिरमा सम्पन्न संविधानसभा निर्वाचनमा सो क्षेत्रबाट वरिष्ठ नेता माधवकुमार नेपाल अत्याधिक मतका साथ विजयी भएका थिए ।