२०४८ पछि पहिलोपटक काठमाण्डु –२ मा काँगेस विजयी

काठमाण्डु टुडे २०७१ असार ९ गते १२:३१ मा प्रकाशित

काठमाण्डु, ९ असार– काठमाण्डु–२ मा हिजो सम्पन्न संविधानसभा उपनिर्वाचनमा काँग्रेस उम्मेदवार दीपक कुइँकेल विजयी भएका छन् ।

dipakअन्तिम मतपरिणामअनुसार कुइँकेलले १८ हजार दुई सय मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठले १३ हजार ४ सय २१ मत ल्याएका छन् ।

एकीकृत माओवादीका लीलामणि पोखरेल निकै फराकिलो मतान्तरले तेश्रो भएका छन् ।

अघिल्लो संविधानसभा निर्वाचनमा उक्त क्षेत्रबाट एमाले वरिष्ठ नेता माधवकुमार नेपाल फराकिलो मतअन्तरले विजयी भएका थिए ।

तर उपनिर्वाचनमा कुँइकेलले विजय हाँसिल गरेपछि यो क्षेत्रमा एमालेले आफ्नो पूरानो पकड गुमाएको छ ।

उपनिर्वाचनअन्तर्गत बामदेव गौतम निर्वाचित भएको बर्दिया–१ मा भने एमाले आफ्नो बर्चश्व कायमै राख्न सफल भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us