सरकारको नीति तथा कार्यक्रम असार १५ मा

काठमाण्डु टुडे २०७१ असार १० गते १३:३५ मा प्रकाशित

काठमाण्डु, १० असार – सरकारले संसदमा वाषिर्क नीति तथा कार्यक्रम असार १५ गते पेस गर्ने भएको छ ।

caराष्ट्रपति रामवरण यादवबाट असार १५ गते अपराह्न ३ बजे सदनमा नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । प्रधानमन्त्री ्देशबाहिर भएपनि उनले बजेट प्रभावित हुन नदिने गरी कार्यक्रम अघि बढाउन सरकारका वरिष्ठ मन्त्रीहरूलाई निर्देशन दिएका हुन् ।

असार १५ भित्र सरकारले राष्ट्रपतिमार्फत सदनमा नीति तथा कार्यक्रम पेस गर्नेछ । अमेरिकामा भइरहेको स्वास्थ्य परीक्षणको रिपोर्ट आउन थप ५ – ७ दिन लाग्ने भएपछि प्रधानमन्त्री कोइरालाले सोमबार सभामुख सुवासचन्द्र नेम्वाङलाई टेलिफोन गरी नीति तथा कार्यक्रम अघि बढाउन आफ्ना मन्त्रीहरूलाई निर्देशन दिएको जानकारी गराएका हून् ।

सरकारले जेठ १६ देखि नै बजेट अधिवेशन सुरु गरे पनि सदनमा आफ्नो वार्षिक नीति तथा कार्यक्रम पेस गरेको छैन । साउन १ देखिको दैनिक प्रशासनिक खर्चका लागि समेत पेस्की खर्च विद्येयक पारित गर्नुपर्ने भएकाले सरकारले असार मसान्तभित्रै सदनमा बजेट पेस गर्नुपर्छ ।

असार १९ देखि सुरु हुने एमालेको राष्ट्रिय महाधिवेशनअघि नै नीति तथा कार्यक्रम पारित गरी बजेट भाषणको मार्गप्रशस्त गर्ने सरकारी तयारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us