यो बर्षमात्रै २० हजार बिद्यार्थी विदेशमा

काठमाण्डु टुडे २०७१ असार ११ गते १:२१ मा प्रकाशित

काठमाण्डु, ११ असार – विदेश भ्रमण गर्न जाने विद्यार्थीको संख्या हरेक वर्ष बढेको छ । भारतबाहेकका देशमा जान ‘नो अब्जेक्सन’ लेटर लिने विद्यार्थीको संख्या चालू आर्थिक वर्षमा २० हजार नाघिसकेको छ ।
भारतमा गएकाहरुको भने तथ्यांक छैन । आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । शिक्षा मन्त्रालयका अनुसार आर्थिक वर्ष ०६९–७० मा १६ हजार ५ सय ९९ विद्यार्थीले विदेश जान ‘नो अब्जेक्सन लेटर’ लिएका थिए । ०६८–०६९ मा १० हजार दुई सय ५८ थियो ।
दुई वर्षयता दोब्बर अध्ययन गर्न बाहिरिएको शिक्षा मन्त्रालयले जनाएको छ । नेपाली विद्यार्थी झण्डै ६० वटा देशमा प्रत्येक वर्ष अध्ययन भिसामा जाने गरेका छन् । उच्च शिक्षाका लागि भारतबाहेकका मुलुक जान शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर लिनुपर्ने बाध्यात्मक व्यवस्था छ ।
नो अब्जेक्सन लेटर लिएका मध्ये करिव ८० प्रतिशतले विदेशमा अध्ययनको भिसा पाउने गरेको मन्त्रालयको अधिकारीहरुको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us